गण्डकीका वनमन्त्री पौडेललाई पितृशोक « Khabarhub

गण्डकीका वनमन्त्री पौडेललाई पितृशोक


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेललाई पितृशोक परेको छ। उनका पिता तीलकबहादुर पौडेलको मंगलबार ९८ वर्षको उमेरमा निधन भएको हो।

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित तीलकबहादुर आइतबार बिरामी परेपछि लमजुङ सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। चिकित्सक र परिवारको सल्लाहअनुसार घर ल्याइएका पौडेलको मंगलबार दिउँसो  निधन भएको हो।

समाजसेवामा क्रियाशील तीलकबहादुर लमजुङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा कांग्रेस जिल्ला कार्यसमिति लमजुङका पूर्व सभापति समेत हुन् । उनको मंगलबारै अन्त्येष्टि गरिएको छ ।  तिलक बहादुरका २ छोरा र ६ छोरी छन्।

तीलकबहादुरको निधनप्रति गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित नेताहरूले दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : २८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा