‘विधि र प्रक्रियाअनुसार विकास निर्माणको योजना माग गरे सहज हुन्छ’ « Khabarhub

‘विधि र प्रक्रियाअनुसार विकास निर्माणको योजना माग गरे सहज हुन्छ’


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार विकासका योजनाहरू माग गरे सहज हुने बताएका छन् । 

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापति र प्रशिक्षण शाखा प्रमुखहरूका लागि आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उपप्रधानमन्त्री सिंहले योजना छनौट निश्चित विधि हुने भन्दै त्यसलाई ध्यान दिएर योजना माग गर्नुपर्नेमा जोड दिए।

उनले बजेट निर्माणका क्रममा पार्टीका विभिन्न तहका समिति,जनप्रतिनिधि सबैको राय सुझाव समेटेर छलफलबाटै नयाँ योजनाहरू छनौट हुने पनि बताए। 

‘यो गठबन्धन सरकार हो । सबै कुरा कांग्रेसले भनेको मात्रै हुँदैन । गजबन्धनमा रहेका सबै दलले केही न केही लचक हुनुपर्ने अवस्था छ,झ उनले भने। विकास निर्माणको योजना छनौट गर्दा आवश्यकताका आधारमा धेरै नागरिक लाभान्वित  हुने योजना प्राथमिकतामा पर्ने भन्दै योजना माग गर्दा त्यस्ता योजना माग गर्नेतर्फ ध्यान दिनुपर्नेमा सिंहले जोड दिए। 

उपप्रधानमन्त्री सिंहले पछिल्लो समय सरकार अस्थिर बनेपछि नागरिकले स्थिरता खोजेकाले अहिले कांग्रेस र एमालेसहितका अरू दल  मिलेर राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन सरकार बनेको बताए। सरकारमा रहेर विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै नागरिकको चाहनाअनुसार काम अघि बढाइरहेको सिंहको भनाई थियो ।  

उनले स्थानीय तहका जनप्रतिनिधिसँग पनि समन्वय गरेर काम गर्न क्षेत्रीय सभापतिहरूलाई आग्रह गर्दै पार्टी संगठन सुदृढीकरणमा लाग्न सुझाव दिए।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ४ : ३९ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था