अर्थसंक्षेप : बाफियाबारे समितिमा छलफल, बजेटमा साना उद्योग प्रवर्द्धन गर्न सुझाव र बफेटले पद त्यागे « Khabarhub

अर्थसंक्षेप : बाफियाबारे समितिमा छलफल, बजेटमा साना उद्योग प्रवर्द्धन गर्न सुझाव र बफेटले पद त्यागे


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

११ लाख टन रासायनिक मल चाहिन्छ, चार लाख टनमात्र मौज्दात : मन्त्री भन्छन्– प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्छौं

कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले रासायनिक मल प्रतिस्थापन गर्ने उद्देश्यअनुसार काम भइरहेको बताएका छन् । मुलुकमा आवश्यक ११ लाख टन रासायनिक मल आवश्यक रहेको तर मौज्दात ४ लाख टनमात्र रहेकाले कृषि मन्त्रालयले यो पटकबाट प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्ने बताए ।

‘हाम्रा लागि ११ लाख टन रायायनिक मल आवश्यक पर्दछ, तर हामीसँग चार लाख टन मात्र छ । अहिले पनि बजारमा रासायनिक मलको अभाव छ,’ प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक समितिको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘कृषि मन्त्रालयले यो पटकबाट प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नैपर्छ भन्ने मनसाय राखेर अगाडि बढेको छ ।’

बलेवा-मालढुङ्गा खण्ड स्तरोन्नति गरिँदै

बाढीपहिरो पीडितलाई अस्थायी आवास अनुदान वितरण सुरु

सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त

बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का

उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ । बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले २८ लाख २५ हजार रुपैयाँमा ठेक्का लगाएको हो ।

केन्द्रले बागवानीमा रहेको लिची बिक्रीका लागि गत चैत २७ गते न्यूनतम २५ लाख ५१ हजार बिक्री मूल्य राखेर सूचना प्रकाशित गरेको थियो । सूचनाअनुसार दर्ता हुन आएका निवेदनमध्ये हरिवन नगरपालिका– ७ स्थित नर्वदा सप्लायर्सले उक्त मूल्यमा लिचीको ठेक्का सकारेको हो ।

मुस्ताङमा चार महिनामा ५१ हजार बढी विदेशी पर्यटक भित्रिए 

साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सुझाव

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितमा नेपाल व्यवस्थापक संघले आइतबार काठमाडौंमा आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरू (एएमइज) को योगदान ठूलो रहे पनि ती उद्योगहरू प्रवर्द्धन हुन नसकेको बताए । उनले बलियो सरकार बनेको अवस्थामा निजी क्षेत्रले नीतिगत स्थायित्वको अपेक्षा गरेको समेत बताए ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी 

बर्कशर हाथावेको प्रमुख कार्यकारी पद त्याग्ने ९४ वर्षीय वारेन बफेटले १३ वर्षमै तिरेका थिए कर

भेट्रान अमेरिकी लगानीकर्ता वारेन बफेटले लगानी व्यवस्थापन कम्पनी बर्कशर हाथावे कम्पनीको प्रमुख कार्यकारी पद त्याग गर्ने भएका छन् । ९४ वर्षीय बफेटले उक्त कम्पनीको वार्षिक बैठकमा यस्तो घोषणा गरेका हुन् ।

बफेट विगत ६० वर्षदेखि बर्कशर हाथावे कम्पनीको प्रमुख कार्यकारी पदमा थिए । अब उनले कम्पनीका उपाध्यक्ष ग्रेग अबेललाई पद सुम्पिने भएका छन् ।

उनले यस वर्ष २०२५ को अन्त्यदेखि पद त्याग गर्ने जनाइएको छ । यद्यपि कम्पनीको महत्वपूर्ण निर्णयहरुमा आफ्नो सल्लाह र सहयोगले निरन्तरता पाउने उनको भनाइ छ ।

अमेरिकी आर्थिक अखबार फोर्ब्सका अनुसार बफेटको कुल सम्पत्ति १ खर्ब ६८ अर्ब अमेरिकी डलर छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ७ : २७ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित