कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु « Khabarhub

कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

रौतहट – पूर्वपश्चिम राजमार्गअन्तर्गत यहाँको चन्द्रपुर–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु भएको छ ।

आज हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा६च ३५२६ नंको कारले निजगढतर्फ जाँदै गरेको ना३प ९५१२ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते र्भका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

कारको ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका–३ मलाहीटोल बस्ने ६० वर्षीय बलिराम सहनी घाइते भएकामा स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

यसैगरी, मोटरसाइकल पछाडि सवार मृतक सहनीकी ४० वर्षीया छोरी उर्मिलादेवी सहनीको सोही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल बारा पठाएको थियो । उनको पनि उपचारकै क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएको र मृतकको शवपरीक्षण गरी आफन्तलाई बुझाइए प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : २९ बजे

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै