जनार्दनले पार्टीको माइन्युटमा हस्ताक्षर गर्ने, कारबाहीबाट पछि हटे प्रचण्ड | Khabarhub Khabarhub

जनार्दनले पार्टीको माइन्युटमा हस्ताक्षर गर्ने, कारबाहीबाट पछि हटे प्रचण्ड


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकारले अबदेखि पार्टी निर्णयको माइन्युटमा हस्ताक्षर गर्ने भएका छन्।

चार वर्षअघि काठमाडौंमा भएको आठौँं महाधिवेशनमा महासचिवका दाबेदार रहेका उनले आफूलाई छेकिएको भन्दै त्यसयता माइन्युटमा हस्ताक्षर गर्न मानेका थिएनन् ।

तर गत शुक्रबारदेखि सोमबारसम्म चलेको स्थायी समितिको बैठकमा लामो छलफलपछि उनी पार्टी माइन्युटमा सही गर्न तयार भएको पार्टी प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए ।

‘उहाँले माइन्युटमा हस्ताक्षर गर्छु भन्नु भएको छ। छलफलपछि उहाँले त्यसबारे महसुस गर्नु भएको छ’, सापकोटाले भने, ‘उहाँले स्थायी समितिका सदस्यहरू र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका कुरामा महसुस गर्नु भएको छ।’

जनार्दनले गत साउन ६ गते मनमोहन अधिकारीबाहेक अरू सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू लुटमा लागेको भनेर दिएको अभिव्यक्तिबारे छलफल गर्दै जाने कुरा भएको सापकोटाले बताए ।

‘साउन ६ गते दिएको अभिव्यक्तिबारे आत्मआलोचना त गर्नु भएको छैन । त्यसबारे उच्च जनवादी वातावरणमा छलफल गर्दै जाने कुरा भएको छ’, सापकोटाले भने ।

यसअघि प्रचण्डले पार्टीभित्र कुरा गरी बाहिर छताछुल्ल गर्दै हिँड्ने भए निस्केर जान चेतावनी दिएका थिए । यो बैठकमै जनार्दनमाथि कारबाहीको तयारी पनि भएको थियो । तर पार्टीका गुट-उपगुट विघटनको घुमाउरो बाटो अपनाउँदै प्रचण्डले जनार्दनलाई रोक्ने प्रयास गरेका छन् ।

उपाध्यक्ष सापकोटाका अनुसार अहिलेको बैठकमा कसैलाई पनि कारबाहीको कुरा नउठेको र निर्णय पनि नभएको बताएका छन्।

४७औं पुष्पलाल स्मृतिमा ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले मनमोहनबाहेक अरू सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाएको बताएपछि प्रचण्ड आक्रोशित भएका थिए । यद्यपि शर्माले उक्त अभिव्यक्ति प्रचण्डलक्षित नभएको बैठकमै जवाफ दिएका थिए ।

उनले नेपालका कम्युष्टि नेताहरू बिचौलिया र कमिसनखोरीबाट टाढा रहन नसकेको बताएका थिए । ‘दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो आरोप होइन, यथार्थ हो,’ उनले भनेका थिए ।

यसबारेमा अहिले केही निष्कर्ष ननिकाली छलफल गर्दै जाने साझा धारणा बनाइएको सापकोटाले बताए । उनले पार्टीका गुट उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय भएको पनि बताए ।

‘सबैले संकल्पवद्ध प्रतिबद्धता गरेका छन् । यदि कोही निर्णयविपरीत गएमा कारबाहीको दायरमा ल्याउने कुरा भएको छ’, सापकोटाले भने, ‘अब अनुगमन समिति बनाएर गुट-उपगुटमाथि निगरानी गरिनेछ । शुद्धीकरण र रूपान्तरणको क्षेत्रमा धेरै महत्वपूर्ण काम बैठकले गरेको छ।’

सापकोटाले पार्टी विधानविपरीतका काम रोक्न नियमावली पनि सार्वजनिक गर्ने निर्णय भएको पनि बताए । उनले विधि र प्रक्रियामा चल्ने संकल्प बैठकले गरेको पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : ५० बजे

बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मिएका

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ– म्याग्दे गाउँपालिका-१ गुणादीस्थित सडकमा दमौलीबाट थर्पुतर्फ आउँदै गरेको बा.१३ च ६७७८

तनहुँबाट छ जना जुवाडे पक्राउ

तनहुँ– भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली

तुर्कमेनिस्तान– प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो