बाढीले पुल भासिँदा आवतजावत ठप्प « Khabarhub

बाढीले पुल भासिँदा आवतजावत ठप्प


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनियाँ पिराडी र वडा नं १२ को सिक्रौन गाउँ जोड्ने मैनावती खोलाको पुल आज बाढीले भासिएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सो पुल भासिएसँगै सिक्रौन, निर्दना, भेडियालगायत गाउँबाट मिर्चैया आउजाउ गर्न समस्या परेको छ । स्थानीय बासिन्दाका अनुसार मैनवती खोलाबाट अनियन्त्रित रुपमा बालुवा र माटो उत्खनन गर्दा पुलको संरचना कमजोर भएको थियो ।

वडा नं १२ का वडाध्यक्ष मनेलाल यादवले भने, “स्थानीयले पटकपटक विरोध गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरे । खोलाबाट जथाभावी बालुवा र माटो निकाल्दा आज यो अवस्था आयो ।”

करिब १५ वर्षअघि गरिबी निवारण कार्यक्रमअन्तर्गत निर्माण गरिएको सो पुल आसपासबाट खोला सफाइका नाममा जेसिबी प्रयोग गरी माटो उत्खनन गर्दा पुल जोखिममा परेको थियो । स्थानीयले यसबारेमा गुनासो गर्दै आएका थिए, तर नगरपालिकाले चासो नदिएको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ८ : ५७ बजे

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार

नारायणीमा बेपत्ता भट्टराईको शव फेला

काठमाडौँ– सशस्त्र प्रहरीले शिव भट्टराईको शव नारायणी नदी किनारामा आज