लेखजंगको उम्मेदवारी तलमाथि नहुने « Khabarhub

लेखजंगको उम्मेदवारी तलमाथि नहुने


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधि सभा उपनिर्वाचनका लागि अघि सारेका डा. लेखजंग थापाको उम्मेदवारीबारे सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । 

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले गत साउन ४ गते जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको प्रावधानलाई हेरेर सामाजिक सञ्जालमा थापाको उम्मेदवारीबारे चर्चा चलिरहेको हो ।  

प्रदेश सभा निर्वाचन २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश गरिएको नाम यथावत रहेका कारण उनी आगामी कात्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने देखिएको हो । 
 
उक्त विज्ञप्तिमा ‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको’ उल्लेख छ । 

त्यही बुँदालाई ‘हाइलाइट’ गरेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बिहीबार बिहानैबाट थापाको तस्बिर राखेर उम्मेदवारीबारे प्रश्न गरिरहेका छन् । थापाको नाम नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश थियो । 

हेर्नुहोस् सूची– 


नागरिक उन्मुक्ति पार्टीका महासचिव ठाकुरसिंह थारूले थापाको नाम बन्दसूचीबाट फिर्ता लिएको बारे आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । ‘उहाँको नाम हाम्रो पार्टीले नै बन्दसूचीबाट फिर्ता लिनुपर्छ । तर, अहिलेसम्म फिर्ता लिएको जानकारी छैन,’ उनले खबरहबसँग भने ।  

तर, निर्वाचन आयोगले भने रास्वपाले अघि सारेका उम्मेदवार थापाको नाममा कुनै समस्या नरहेको बताएको छ । प्रदेश सभा निर्वाचन २०७९ मो समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा समावेश नाम फिर्ता भइसकेको आयोगको भनाइ छ । 

आयोगका सूचना अधिकारी सुमन घिमिरेले थापाको नाम गत साउन २० गतेको बैठकले बन्दसूचीबाट हटाइसकेको जानकारी दिए । ‘साउन १५ गते प्रस्ताव आएको थियो । साउन २० गते बसेको बैठकले उहाँ (थापा)को नाम बन्दसूचीबाट हटाउने निर्णय गरिसकेको छ,’ उनले भने । 

यद्यपि, थापाको नाम अहिले पनि आयोगको वेबसाइटमा हेर्न भने सकिन्छ । यसबारे राखिएको जिज्ञासामा सूचना अधिकारी घिमिरेले प्रविधि शाखामा बुझ्नुपर्ने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १२ : २२ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,