मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न मिल्दैन : कांग्रेस नेता भण्डारी « Khabarhub

मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न मिल्दैन : कांग्रेस नेता भण्डारी


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न नमिल्ने बताएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय नेता भण्डारीले कांग्रेस संस्थापन पक्षतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् । उनले एमालेले महाधिवेशन गर्ने तर राष्ट्रिय मुद्दाको नेतृत्व गरेको कांग्रेसले गर्न नसक्ने भन्ने नहुने प्रष्ट पारेका हुन् ।

नेता भण्डारीले फेसबुकमा लेखेका छन्, ‘तत्कालीन सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा छ। कांग्रेसले राष्ट्रिय मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउने र आफ्नो अधिवेशन पनि गर्न सकिँदैन भन्न मिल्दैन ।’

पछिल्लो समय देशमा देखा परेका राष्ट्रिय समस्या समाधानमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘संवेदनशील घडीमा अनुभव, जिम्मेवार र परिपक्व निर्णय अत्यावश्यक हुन्छ । कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाउछ। कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन मिल्दैन ।’

कांग्रेसमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव आइसकेकाले यसलाई रोक्न नहुनेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : १४ बजे

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण

चिसो बढेपछि बाँकेमा दाउरा वितरण

नेपालगन्ज– चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले