नागरिकता बनाउने र भोट हाल्ने उमेर १६ वर्ष बनाउन पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव « Khabarhub

नागरिकता बनाउने र भोट हाल्ने उमेर १६ वर्ष बनाउन पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नुपर्नेमा जोड दिएका छन् ।

डा. भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत युगान्तकारी र बलिदानीपूर्ण आन्दोलनले देशमा युवा नेतृत्व खोजेकोले बेलैमा मतदाता सूचीमा नाम दर्ता गर्नु पहिलो कदम हुने उल्लेख गरेका छन् ।

उनले देश विदेशमा रहेको सबैलाई नियमअनुसार समयमै नाम दर्ता गर्न आग्रह गर्दै राजनीतिमा उही पुरानै चक्र दोहोरिने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अवलम्बन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै १६ वर्ष गर्नु उपयुक्त हुने सुझाव समेत दिएका छन् ।

यस्तै, निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ वर्षबाट घटाएर १८ वर्ष वा कमसेकम २१ वर्ष गर्नु आवश्यक रहेको उनको भनाइ छ । 

उनले पुरानै ढर्राको निर्वाचन कानूनबाट अघि बढ्ने हो भने पछिल्लो आन्दोलनका अगुवा जेनजी युवाहरूलाई आसन्न निर्वाचन ‘जसको बिहा उसैलाई नजिक नल्या’  भन्ने लोकोक्ति जस्तो हुने बताएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : २४ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता