लिङ्देन र धवलमाथि खनिए ज्ञानेन्द्र शाही : भने, ‘मिलेर जान नसक्ने भए युवाहरूको भविष्य बर्बाद नगर’ « Khabarhub

लिङ्देन र धवलमाथि खनिए ज्ञानेन्द्र शाही : भने, ‘मिलेर जान नसक्ने भए युवाहरूको भविष्य बर्बाद नगर’


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

​काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक किचलो बढिरहेका बेला नेता ज्ञानेन्द्र शाहीले पार्टी नेतृत्वलाई तत्काल गुट-उपगुट बन्द गरी एकजुट हुन कडा चेतावनी दिएका छन्।

​अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणालाई लक्षित गर्दै शाहीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि र आक्रोश व्यक्त गरेका हुन् ।

उनले नेताहरूलाई व्यक्तिगत स्वार्थ र अहमलाई त्याग्न र राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

​‘राप्रपा अध्यक्ष लिङ्देन होस् वा पार्टी महामन्त्री राणा होस्, यसरी गुट-उपगुटका भेला तत्काल बन्द गर्नुस। यस्तो अवस्थामा राष्ट्रवादी एक ढिक्का हुने हो, फुटेर होइन, जुटेर अगाडि बढ्ने हो’, उनले भने, ‘यदि तपाईंहरू मिलेर जान नसक्ने भए युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार छैन।’

शाहीको यो अपिलले राप्रपाभित्र चुलिएको विवादले पार्टीको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको देखाउँछ। विशेषगरी, युवा पुस्ताको प्रतिनिधित्व गर्ने शाहीले नेताहरूलाई राष्ट्रवादी शक्तिलाई कमजोर नबनाउन र जनताको आशामाथि तुषारापात नगर्न सचेत गराएका छन्।

गुटबन्दी तत्काल बन्द गर्नुपर्ने :

शाहीले स्पष्ट रूपमा गुटगत भेला र क्रियाकलाप तत्काल रोक्नुपर्ने माग गरेका छन्।

​एकतामा जोड : देशलाई वैकल्पिक शक्ति चाहिएका बेला राष्ट्रवादीहरू फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ।

​युवाको भविष्यबारे चिन्ता : यदि शीर्ष नेता मिल्न नसके उनीहरूलाई पार्टीको एजेन्डा र युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार नभएको भन्दै शाहीले नैतिक प्रश्न उठाएका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १२ : ४३ बजे

‘जेरी अन टप’ले मनायो ५१औँ दिन

काठमाडौं– चलचित्र ‘जेरी अन टप’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा

बुवाको शोकमा रहेका बालेनलाई भेटेर फर्किइन् प्रधानमन्त्री

काठमाडौं- बुवा रामनारायण साहको निधनपछि शोकमा रहेका काठमाडौं महानगरपालिकाका मेयर

श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र

कोलम्बो– श्रीलङ्का सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ ।

खजुरीको पफमा भेटियो अखाद्य वस्तु, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट सबै खजुरीको

प्रचण्डका कार्यकर्ताको असहिष्णु व्यवहार, जनार्दनले गृहजिल्ला टेक्दा देखाए कालोझण्डा

काठमाडौं- रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणले तनावको अवस्था ल्याउन थालेको