लिङ्देन र धवलमाथि खनिए ज्ञानेन्द्र शाही : भने, ‘मिलेर जान नसक्ने भए युवाहरूको भविष्य बर्बाद नगर’ « Khabarhub

लिङ्देन र धवलमाथि खनिए ज्ञानेन्द्र शाही : भने, ‘मिलेर जान नसक्ने भए युवाहरूको भविष्य बर्बाद नगर’


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

​काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक किचलो बढिरहेका बेला नेता ज्ञानेन्द्र शाहीले पार्टी नेतृत्वलाई तत्काल गुट-उपगुट बन्द गरी एकजुट हुन कडा चेतावनी दिएका छन्।

​अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणालाई लक्षित गर्दै शाहीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि र आक्रोश व्यक्त गरेका हुन् ।

उनले नेताहरूलाई व्यक्तिगत स्वार्थ र अहमलाई त्याग्न र राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

​‘राप्रपा अध्यक्ष लिङ्देन होस् वा पार्टी महामन्त्री राणा होस्, यसरी गुट-उपगुटका भेला तत्काल बन्द गर्नुस। यस्तो अवस्थामा राष्ट्रवादी एक ढिक्का हुने हो, फुटेर होइन, जुटेर अगाडि बढ्ने हो’, उनले भने, ‘यदि तपाईंहरू मिलेर जान नसक्ने भए युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार छैन।’

शाहीको यो अपिलले राप्रपाभित्र चुलिएको विवादले पार्टीको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको देखाउँछ। विशेषगरी, युवा पुस्ताको प्रतिनिधित्व गर्ने शाहीले नेताहरूलाई राष्ट्रवादी शक्तिलाई कमजोर नबनाउन र जनताको आशामाथि तुषारापात नगर्न सचेत गराएका छन्।

गुटबन्दी तत्काल बन्द गर्नुपर्ने :

शाहीले स्पष्ट रूपमा गुटगत भेला र क्रियाकलाप तत्काल रोक्नुपर्ने माग गरेका छन्।

​एकतामा जोड : देशलाई वैकल्पिक शक्ति चाहिएका बेला राष्ट्रवादीहरू फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ।

​युवाको भविष्यबारे चिन्ता : यदि शीर्ष नेता मिल्न नसके उनीहरूलाई पार्टीको एजेन्डा र युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार नभएको भन्दै शाहीले नैतिक प्रश्न उठाएका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १२ : ४३ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा