विवादित अभिव्यक्ति दिएपछि डा. निकोलस भुसाल पक्राउ | Khabarhub Khabarhub

विवादित अभिव्यक्ति दिएपछि डा. निकोलस भुसाल पक्राउ


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्की, काठमाडौंका मेयर बालेन्द्र साह र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितविरुद्ध विवादित अभिव्यक्ति दिइरहेका डा. निकोलश भुसाल गोरखाबाट समातिएका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरेको हो। भुसालले सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएर हिंसा भड्काउन खोजेको भन्दै प्रहरीले निगरानीमा राखेको थियो ।

भुसालले केही दिनअघि काठमाडौंमा भदौ २४ गते सत्ताबाट बाहिरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध अराजक अभिव्यक्ति दिँदै घर जलाउने धम्की दिएका थिए ।

भुसालले शनिबार सम्वाद डबलीमा पत्रकार सम्मेलन गरेरेर भदौ २३ गते जेन-जी आन्दोलनमा दमनमा संलग्न ओली र तत्कालीन गृहमन्त्री लेखकलाई हत्यारा भनेका थिए । यी नेतालाई सरकारले कारबाही नगरेमा आफ्नो समूह उत्रिएर घरमै आक्रमण गर्ने धम्की उनले दिएका थिए ।

सरकारले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही नगरेको भन्दै काठमाडौं महानगरका मेयर साहले जस्तै भुसाल पनि यो सरकारमाथि खनिएका छन् । भुसालले प्रधानमन्त्री सुशीला कार्कीलाई ‘हुतिहारा’ भनेर आपत्तिजनक टिप्पणी गरेका थिए ।

भुसालले २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि नेपाल प्रहरी अस्पतालमा स्वास्थ्य जाँच गर्दा गाँजा खाएको मेडिकल रिपोर्ट आएपछि पुर्स्थापना केन्द्रमा लैजान भनिएको थियो ।

भुसालले आफूलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका बेला समातिएका हुन् । उनी दलहरूसँग सरकारले छलफल गरेकोमा पनि आक्रोशत थिए । उनले फागुन २१ गते प्रत्यक्ष कार्यकारी प्रमुख चुनाव गर्नुपर्ने बताइरहेका छन् ।

उनले दुई दिनअघि सरकारविरुद्ध माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिन भनेका थिए । तर उनै माइतीघरमा आएनन् । यही शनिबार दिएको आपत्तिजनक अभिव्यक्तिका कारण उनी समातिएका हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  २ : १६ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित