जनार्दनले भने : प्रचण्ड-माधवलाई जनताले अस्वीकार गरिसके, एकताको कुनै अर्थ छैन  « Khabarhub

जनार्दनले भने : प्रचण्ड-माधवलाई जनताले अस्वीकार गरिसके, एकताको कुनै अर्थ छैन 


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफू पदको लोभी नभएको उल्लेख गरेका छन् । 

ललितपुरको एक क्याफेमा पत्रकार सम्मेलन गर्दै उनले पदको लोभी भएको चर्चा गरिएकोले आफू पदको लोभी नभएको र सहिद परिवार र अन्य युवालाई अगाडि सार्ने उल्लेख गरे । 

शर्माले वैचारिक रूपमा अगाडि बढाउने युवालाई आफूहरूले साथ दिने भन्दै उनीहरूको अभिभावक भएर सल्लाह सुझाव दिने उल्लेख गरे ।

‘हामीले नेतृत्वको दाबी गरेका छैनौँ । यहाँ उपस्थित हुनुभएका सहिद परिवार र नयाँ पुस्ताका साथी नै अबको नेतृत्व हो ।’ उनले भने, ‘हामी भिन्न रूपले राजनीतिलाई अगाडि बढाउन चाहन्छु । हामी नेतृत्वको दाबी गर्दैनौं हामी अभिभावक भएर सल्लाह र सुझाव दिन्छौँ ।’

उनले अबको पार्टी नयाँ विचारधारा भएका युवा पुस्ताले हाँक्नुपर्ने बताए । उनले राजनीतिक अस्तित्व समाप्त पार्ने खेलाडीहरूप्रति आफू सधैँ सजग रहेकोसमेत उल्लेख गरे । 

उनले भने यो,’अभियान नयाँ हो फरक हो नयाँ पुस्ताको अगुवाइमा हुनेछ । नयाँ विचारका साथीहरू हुनुहुन्छ । जनताप्रति उत्तरदायी राजनीति संस्कार गर्ने युवा हुनेछ ।हामी उहाँहरूलाई सँगै बसेर मदत गर्नेछौँ।’

शर्माले जनतामा देखिएको अहिलेको राजनीति संकट अन्त्य हुने खालको नेतृत्व आफ्नो समूहले गठन गर्ने समेत उल्लेख गरे ।

उनले जनताले अस्वीकार्य गरिसकेको अभियानमा आफूहरू सामेल नहुने उल्लेख गरे । 

शर्माले माधवकुमार नेपाल र प्रचण्डलाई जनताले अस्वीकार गरिरहेकाले पार्टी एकताको कुनै तुक नभएको उल्लेख गरे ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ३१ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता