कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु « Khabarhub

कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हनोई– मध्य भियतनाममा कलमेगी चक्रवातका कारण आएको एक हप्ता लामो वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको अधिकारीहरूले मंलबार बताएका छन् । उनीहरूका अनुसार अर्को शक्तिशाली आँधीले पनि यस क्षेत्रमा असर गर्ने पूर्वानुमान गरिएको छ ।  

भारी वर्षाले सडकलाई नहरमा परिणत गरेको छ भने नदीको किनारहरू फुटी केही ऐतिहासिक स्थलहरू डुबानमा परेको जनाइएको छ ।  २४ घण्टाको अवधिमा १।७ मिटर सम्म वर्षा भई राष्ट्रिय रेकर्ड तोडेको जनाइएको छ ।  

पर्यावरण मन्त्रालयको विपद् व्यवस्थापन एजेन्सीका अनुसार ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तमा बाढीका कारण छ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय मौसम विभागका अनुसार टाइफुन कलमेगीले शुक्रबार बिहानमात्र अवतरण गर्ने र त्यस अघि निरन्तर मौसमी आक्रमण जारी रहने पूर्वानुमानका गरिएको छ ।

भियतनाममा जुन र सेप्टेम्बरको बिचमा भारी वर्षा हुने गरेको तर वैज्ञानिकहरूले मानव–संचालित जलवायु परिवर्तनको कारण मौसम बारम्बार विनाशकारी बन्दै गएको जनाएका छन् ।  

दस टाइफुन वा उष्णकटिबन्धीय आँधीबेहरीले सामान्यतया एक वर्षमा भियतनामलाई कुनै न कुनै रूपमा असर गर्ने र टाइफुन कलमेगी सन् २०२५ नोवेम्बर –१३ तारिखमा आउने अनुमान गरिएको छ ।

आँधीले हाल फिलिपिन्समा प्रहार गरी कम्तीमा दुई जनाको ज्यान लिनुका साथै सयौँ हजार विस्थापित गरेको जनाइएको छ ।  

आगामी बिहीबार नजिकिँदै गरेको अर्को चक्रवातले १६६ किलोमिटर प्रति घण्टा गतिका साथ भियतनामको तटमा प्रहार गर्न सक्ने राष्ट्रिय मौसम विभागले जनाएको छ ।  

विपद् एजेन्सीका अनुसार बाढीका कारण लगभग  ८० हजार घरहरू प्रभावित भएका छन् भने  १० हजार हेक्टर भन्दा बढी बाली नष्ट हुनुका साथै ६८ भन्दा बढी गाईबस्तुको मृत्यु भएको छ । रासस

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : २२ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण