यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय   | Khabarhub Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय  


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले स्विट्जरल्याण्डको जेनेभामा हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा नेपालकातर्फबाट सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार स्विट्जरल्याण्डको जेनेभामा मंसिर १ देखि ३ गतेसम्म आयोजना हुने समीक्षा बैठकमा सहभागी हुन सचिव घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले थाइल्याण्डको बैँककमा आयोजना हुने हाइ लेवल समीट अन वाटर सेक्युरिटी एन्ड रेजिलिन्स विषयक कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्रालयका सचिव प्रमीलादेवी शाक्यलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले बताए ।

सर्वोच्च अदालतको आदेशबमोजिम पदममाया गुरुङलाई क्षतिपूर्तिबापत ६ लाख तीन हजार ६ सय  रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ भने नेपाली सेनाका दश जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने पनि निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए । 

त्यस्तै बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गत निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने, अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ४१ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित