कांग्रेस बैठकमा गगनको प्रस्ताव : पुस १६ देखि १९ सम्म महाधिवेशन गरौँ « Khabarhub

कांग्रेस बैठकमा गगनको प्रस्ताव : पुस १६ देखि १९ सम्म महाधिवेशन गरौँ


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

केन्द्रीय कार्यसमितिको मंगलबार सानेपामा बसेको बैठकमा महामन्त्री थापाले विस्तृत तालिकासहित महाधिवेशनको मिति प्रस्ताव पेस गरेका हुन्।

थापाले यही मंसिरमा महाधिवेशन गर्नुपर्ने भए पनि सर्वसम्मतिका लागि मध्यमार्गी बाटो खोजेर पुसमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन् ।

उनले पार्टीका नेता र कार्यकर्ताबीचको एकता बलियो बनाउन कुनै हालतमा फागुन २१ गतेको चुनावअघि नै महाधिवेशन गर्नुपर्ने अडान राखेका छन् ।

तर कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको संस्थापन पक्ष फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

कांग्रेसका खड्का पक्षको बहुमत रहेकाले थापाले गरेको प्रस्ताव पास हुन भने कठिन छ । अहिले नेता डा. शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङसहितको इतर समूहले पहिले महाधिवेशन अनि मात्रै निर्वाचनको अडान राखिरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ५१ बजे

गतिशील र समाधान उन्मुख संवादका लागि दोहा फोरम

दोहा– विश्वव्यापी व्यापार, प्राविधिक विकास र कृत्रिम बौद्धिकताको रूपान्तरणकारी उदयलगायत

‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवर्द्धन

एमालेको एघारौँ महाधिवेशन जनताको आवाज बुलन्द गर्ने दिन : उपमहासचिव प्रदीप ज्ञवाली 

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको ११ औँ राष्ट्रिय

मधेसका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

धनुषा– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर

हेमजा साहित्य महोत्सव सम्पन्न

गण्डकी – हेमजा साहित्य प्रतिष्ठाद्वारा पोखरा महानगरपालिका–२५ हेमजामा आयोजित दुई