अर्थसंक्षेप : विवादित २८ किस्ताको एक भाग जम्मा गर्न उद्योगी सहमत, पुनर्निर्माण कोषमा ६ करोड २४, २७ अंकले घट्यो नेप्से र क्यानाडाले अमेरिकासँगको निर्भरता घटाउने « Khabarhub

अर्थसंक्षेप : विवादित २८ किस्ताको एक भाग जम्मा गर्न उद्योगी सहमत, पुनर्निर्माण कोषमा ६ करोड २४, २७ अंकले घट्यो नेप्से र क्यानाडाले अमेरिकासँगको निर्भरता घटाउने


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

२७ अंकले घट्यो नेप्से, २१३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.६४ अंकले घटेको छ ।

आज नेप्सेमा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५९५.२४ बिन्दुमा आएको हो ।

आज नेप्सेमा सेयर कारोबार भएकामध्ये २१३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । आज ३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

१० घण्टामा झण्डै २ हजार डलरले घट्यो बिट्क्वाइनको मूल्य

बागलुङ-घोडाबाँधे सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

मूल्य खस्किएपछि अदुवा किसान मारमा

विवादित २८ किस्ताको एक भाग जम्मा गर्ने प्रस्तावमा उद्योगी भए सहमत

डेडिकेटेड फिडर र ट्रंकलाइन वापतको प्रिमियम शुल्क विवाद विवादित रकमको २८ भागको १ भाग जम्मा गरेर उद्योगमा लाइन जोड्ने र पुनरावलोकनको लागि प्रक्रिया अगाडि बढाउन सम्बन्धित उद्योग सहमत भएका छन् ।

मंगलबार उद्योग वाणिज्य महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोमबार प्रधानमन्त्री सहित सरकारपक्षबीचबाट तय गरेको प्रस्तावमा सम्बन्धित उद्योगी सहमत भएको बताएका हुन् ।

प्रिमियम शुल्क विवादको विषयलाई लिएर लाइन काटिएका उद्योगीहरूको पीडित तथा प्रताडित उद्योग समूहले पनि सोही क्रममा विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पहल गरेर तय गरेको मध्यमार्गी प्रस्तावमा समर्थन रहेको जनाएको छ ।

 धर्मशालाबाट आन्तरिक राजस्व कार्यालयको सेवा पुनः थालनी

उद्योगीले २८ किस्ता मध्ये १ किस्ता धरौटी बुझाएपछि लाइन जोडिने : अध्यक्ष ढकाल

सरकारको पुनर्निर्माण कोषमा दुई बिमा कम्पनीले जम्मा गरे सवा करोड

नेपाल सरकारले स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दुई वटा बिमा कम्पनीले सवा करोड रुपैयाँ जम्मा गरेका छन् ।

मंगलबार नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले एक करोड र एनएलजी इन्स्योरेन्स कम्पनीको तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले पच्चीस लाख रकमको छुट्टाछुट्टै चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।

कोषमा मंगलबारसम्म प्राप्त हुन आएको चेक रकम सहित जम्मा ७ करोड ५१ लाख ६० हजार ४३९ रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

पुनःनिर्माण कोषमा छ करोड २४ लाख संकलन

शिक्षणसँगै व्यावसायिक केराखेती, वार्षिक १० लाख मुनाफा

क्यानाडाका प्रधानमन्त्रीले भने- पहिलो बजेटबाट अमेरिकामाथिको निर्भरता घटाउँछु

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मंगलबार आफ्नो पहिलो बजेट सार्वजनिक गर्दै अमेरिकामाथिको आर्थिक निर्भरता घटाउने र नयाँ भूराजनीतिक वास्तविकतालाई सम्बोधन गर्ने दीर्घकालीन रणनीति प्रस्तुत गरेको छ ।

उनले यस बजेटलाई अमेरिकी कर नीतिका कारण दबाबमा परेको क्यानाडाली अर्थतन्त्रका लागि ‘दृढ उत्तर’ का रूपमा परिभाषित गरे ।

राजनीतिमा प्रवेश गर्नुअघि क्यानाडा र बेलायत दुवै देशका केन्द्रीय बैंकका गभर्नर रहिसकेका कार्नीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण उत्पन्न चुनौतीपूर्ण अमेरिकी सम्बन्धको अवस्थाबाट देशलाई पार लगाउने ‘अनुभवी नेतृत्व’ भएको व्यक्ति भनेर प्रस्तुत गरेका हुन् ।

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

अनिल अम्बानीको ७५ अर्ब भारतीय रुपैयाँको सम्पत्ति जफत

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : ०४ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन