तोडफोड र आगजनीमा आफ्ना सदस्यको संलग्नता प्रमाणित भए एमालेले कारबाही गर्ने « Khabarhub

तोडफोड र आगजनीमा आफ्ना सदस्यको संलग्नता प्रमाणित भए एमालेले कारबाही गर्ने


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा पार्टीका सदस्य संलग्न भएको प्रमाणित भए कारबाही गर्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा कारबाहीको जानकारी १५ दिनभित्र गराउन भनिएको छ।

‘भदौ २३ र २४ गतेको जेनजीका नाममा सुरू भएको आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा पार्टी र पार्टीसम्बद्ध जनसंगठनका कुनै सदस्य संलग्न भएको प्रमाणित भएमा सम्बन्धित पार्टी कमिटी र जनसंगठनले विधानबमोजिम आवश्यक कारबाही गर्ने। १५ दिनभित्र त्यस्ता सदस्यहरूमाथि गरिएको कारबाहीको जानकारी पार्टी केन्द्रीय कार्यालयमा गराउने,’ अपानिमा भनिएको छ।

भदौ २३ गते माइतीघरबाट नयाँ बानेश्वर पुगेको शान्तिपूर्ण आन्दोलनमा संसद् भवन घेर्न, पर्खाल भत्काउन भित्र पस्न र मुठभेडको स्थिति सिर्जना गरिएको स्थानमा पुर्‍याउन कसले भड्काएको भन्ने तथ्य आइसकेको उल्लेख छ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ८ : ५५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको