तोडफोड र आगजनीमा आफ्ना सदस्यको संलग्नता प्रमाणित भए एमालेले कारबाही गर्ने « Khabarhub

तोडफोड र आगजनीमा आफ्ना सदस्यको संलग्नता प्रमाणित भए एमालेले कारबाही गर्ने


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा पार्टीका सदस्य संलग्न भएको प्रमाणित भए कारबाही गर्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा कारबाहीको जानकारी १५ दिनभित्र गराउन भनिएको छ।

‘भदौ २३ र २४ गतेको जेनजीका नाममा सुरू भएको आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा पार्टी र पार्टीसम्बद्ध जनसंगठनका कुनै सदस्य संलग्न भएको प्रमाणित भएमा सम्बन्धित पार्टी कमिटी र जनसंगठनले विधानबमोजिम आवश्यक कारबाही गर्ने। १५ दिनभित्र त्यस्ता सदस्यहरूमाथि गरिएको कारबाहीको जानकारी पार्टी केन्द्रीय कार्यालयमा गराउने,’ अपानिमा भनिएको छ।

भदौ २३ गते माइतीघरबाट नयाँ बानेश्वर पुगेको शान्तिपूर्ण आन्दोलनमा संसद् भवन घेर्न, पर्खाल भत्काउन भित्र पस्न र मुठभेडको स्थिति सिर्जना गरिएको स्थानमा पुर्‍याउन कसले भड्काएको भन्ने तथ्य आइसकेको उल्लेख छ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ८ : ५५ बजे

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको