बुधबार रामकुमारीदेखि किसानसम्मले एमालेमा फर्किएको घोषणा गर्ने « Khabarhub

बुधबार रामकुमारीदेखि किसानसम्मले एमालेमा फर्किएको घोषणा गर्ने


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पनि विभाजन भएको छ। अध्यक्ष माधवकुमार नेपालसहितका अधिकांश नेताहरु नेकपा माओवादी केन्द्रसहितका दलसँग एकता गर्न तयार भएपछि त्यहाँका केही नेताहरु असन्तुष्ट बन्दै पुनः एमालेमै फर्किन लागेका छन्।

रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत नेता–कार्यकर्ताले एमाले फर्किन लागेका हुन्।

नेताहरु एमालेमा फर्किएको घोषणा बुधबार बबरमहलस्थित बसेरा बुटिक होटलमा पत्रकार सम्मेलन गरेर गर्ने किसान श्रेष्ठले बताए।

झाँक्रीले पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको दिशामा अघि बढ्न, सैद्धान्तिक र वैचारिक दृष्टिकोण मिल्ने राजनीतिक शक्तिहरू एक ठाउँमा आउन आवश्यक छ भन्ने कुरा बोध भएको बताएकी छन्।

‘हामीले लामो समयदेखि निरन्तर यो अभियानमा संघर्ष गर्दै आएका छौँ। तर उक्त संघर्ष अपेक्षाकृत निष्कर्षमा पुग्न सकेको छैन, ’ उनले भनिन्, ‘आज हाम्रासामु जुन परिस्थिति सिर्जना भएको छ यस्तो अवस्थामा नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै विकास र समृद्धीको मार्गमा अगाडि बढ्न हामी लिने बाटो कस्तो हुन्छ भन्ने सन्दर्भमा विचार विमर्श गर्न, नेकपा एकीकृत समाजवादीमा आबद्ध क्रान्तिकारी साथीहरूले पत्रकार सम्मेलनको आयोजना गरेका छौँ।’

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ९ : ३३ बजे

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको