बुधबार रामकुमारीदेखि किसानसम्मले एमालेमा फर्किएको घोषणा गर्ने « Khabarhub

बुधबार रामकुमारीदेखि किसानसम्मले एमालेमा फर्किएको घोषणा गर्ने


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पनि विभाजन भएको छ। अध्यक्ष माधवकुमार नेपालसहितका अधिकांश नेताहरु नेकपा माओवादी केन्द्रसहितका दलसँग एकता गर्न तयार भएपछि त्यहाँका केही नेताहरु असन्तुष्ट बन्दै पुनः एमालेमै फर्किन लागेका छन्।

रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत नेता–कार्यकर्ताले एमाले फर्किन लागेका हुन्।

नेताहरु एमालेमा फर्किएको घोषणा बुधबार बबरमहलस्थित बसेरा बुटिक होटलमा पत्रकार सम्मेलन गरेर गर्ने किसान श्रेष्ठले बताए।

झाँक्रीले पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको दिशामा अघि बढ्न, सैद्धान्तिक र वैचारिक दृष्टिकोण मिल्ने राजनीतिक शक्तिहरू एक ठाउँमा आउन आवश्यक छ भन्ने कुरा बोध भएको बताएकी छन्।

‘हामीले लामो समयदेखि निरन्तर यो अभियानमा संघर्ष गर्दै आएका छौँ। तर उक्त संघर्ष अपेक्षाकृत निष्कर्षमा पुग्न सकेको छैन, ’ उनले भनिन्, ‘आज हाम्रासामु जुन परिस्थिति सिर्जना भएको छ यस्तो अवस्थामा नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै विकास र समृद्धीको मार्गमा अगाडि बढ्न हामी लिने बाटो कस्तो हुन्छ भन्ने सन्दर्भमा विचार विमर्श गर्न, नेकपा एकीकृत समाजवादीमा आबद्ध क्रान्तिकारी साथीहरूले पत्रकार सम्मेलनको आयोजना गरेका छौँ।’

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ९ : ३३ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण