गण्डकी प्रदेशसभाको बैठक २४ कात्तिकमा बस्दै « Khabarhub

गण्डकी प्रदेशसभाको बैठक २४ कात्तिकमा बस्दै


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा– जेनजी आन्दोलनका क्रममा संसद् भवन आगजनीले ध्वस्त बनेपछि स्थगित हुँदै आएको गण्डकी प्रदेश सभाको बैठक अन्ततः २४ कात्तिकलाई तोकिएको छ।
प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले मंगलबार एक सूचना जारी गर्दै यही २४ कात्तिक दिउँसो १ बजे संसद् बैठक बस्ने जनाएका हुन्।

यसपालि संसद् पोखरा–५, मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्नेछ। त्यसका लागि आवश्यक मर्मत सम्भार लगायतका कार्य गरिएको सचिव पौडेलले जनाए।

गत २५ भदौका लागि डाकिएको संसद् बैठकले २३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले नदीपुरस्थित प्रदेश सभा भवनमा तोडफोड र आगजनी गरेपछि अनिश्चितकालका लागि स्थगित हुँदै आएको थियो।

पुनः गत २२ असोजमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा तोकिएकोमा राजनीतिक घटनाक्रमले एक्कासि स्थगित गरिएको थियो। सभामुख कृष्णप्रसाद धितालले जेनजी आन्दोलन र पछिल्ला राजनीतिक परिस्थितिले नयाँ ठाउँमा बैठक सञ्चालन गर्न केही समय लागेको स्पष्ट पारे।

गण्डकी प्रदेशसभा ६० सदस्यीय हो। तर, मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङमाथि ज्यान मार्ने मुद्दामा दोषी ठहरपछि उनी हाल कारागार छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : ११ बजे

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता