मिलेकै हुन् बालेन र कुलमान ? रविलाई भेट्न जेल पुगे सुधन « Khabarhub

मिलेकै हुन् बालेन र कुलमान ? रविलाई भेट्न जेल पुगे सुधन


१८ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई जेन-जी अभियन्ता बताउँदै आएका सुधन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री एवम् उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकता भएको दाबी गरेका छन् ।

उनले बालेन र कुलमानलाई मिलाएकाले अब राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताका लागि आफू सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेको बताएका छन्।

उनले बालेन र कुलमानको एकतापछि जेन-जी आन्दोलनमा गरेको वाचाअनुसार एकता संवादको लागि सभापति लामिछानेसँग भेट गर्न लागेको बताएका छन् ।

‘हामी उहाँसँग संवाद गर्दैछौँ’, उनले भने, ‘हामी यसबारेमा उहाँको धारणा पनि सुन्नेछौँ।

रास्वपा स्रोतका अनुसार गुरुङले भेट्न बिहीबार दिउँसो २ बजे भेट्न समय मागेका थिए । रविले सहमति दिएपछि उनी कारागार पुगेका हुन्।

सबै वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याउने बाचाअनुसार वार्ता गरिरहेको गुरुङले बताएका छन्। बालेन र कुलमानको एकतापछि अब रास्वपासँग पनि एकता गर्नुपर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ३ : ०६ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच