मिलेकै हुन् बालेन र कुलमान ? रविलाई भेट्न जेल पुगे सुधन « Khabarhub

मिलेकै हुन् बालेन र कुलमान ? रविलाई भेट्न जेल पुगे सुधन


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई जेन-जी अभियन्ता बताउँदै आएका सुधन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री एवम् उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकता भएको दाबी गरेका छन् ।

उनले बालेन र कुलमानलाई मिलाएकाले अब राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताका लागि आफू सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेको बताएका छन्।

उनले बालेन र कुलमानको एकतापछि जेन-जी आन्दोलनमा गरेको वाचाअनुसार एकता संवादको लागि सभापति लामिछानेसँग भेट गर्न लागेको बताएका छन् ।

‘हामी उहाँसँग संवाद गर्दैछौँ’, उनले भने, ‘हामी यसबारेमा उहाँको धारणा पनि सुन्नेछौँ।

रास्वपा स्रोतका अनुसार गुरुङले भेट्न बिहीबार दिउँसो २ बजे भेट्न समय मागेका थिए । रविले सहमति दिएपछि उनी कारागार पुगेका हुन्।

सबै वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याउने बाचाअनुसार वार्ता गरिरहेको गुरुङले बताएका छन्। बालेन र कुलमानको एकतापछि अब रास्वपासँग पनि एकता गर्नुपर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ३ : ०६ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा