शिक्षककै सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा « Khabarhub

शिक्षककै सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्यार्थीलाई सदाचार सिकाउने जिम्मा लिएको शिक्षकमाथि नै भ्रष्टाचार मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको एक विद्यालयमा कार्यरत प्रशिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बझाङको जयपृथ्वी नगरपालिका अन्तर्गतको जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी आयोगमा परेको थियो ।

सो उजुरी निवेदनबारे अनुसन्धान हुँदा निज बोहराले जयपृथ्वी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, बझाङमा सहायक प्रशिक्षक पदमा नियुक्तिको लागि उच्च माध्यामिक शिक्षा परिषद्‌ नेपालबाट जारी भएको प्लस टु तहको लब्धाङ्कपत्रको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको खुलेको थियो ।

बोहराले राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएकाले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : १८ बजे

चितवनका पुनः स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण बुझाउन प्रशासनको निर्देशन

काठमाडौं– चितवन जिल्ला प्रशाशन कार्यालयले जिल्लामा सञ्चालित उपचार तथा पुनः

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट