‘मिसेस ब्युटी क्विन’को ताज वर्षा कुँवरलाई   « Khabarhub

‘मिसेस ब्युटी क्विन’को ताज वर्षा कुँवरलाई  


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मिसेस ब्युटी क्विन नेपाल सिजन सातको ताज व्यवसायी वर्षा कुँवरले जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना सहभागीलाई पछि पार्दै कुँवरले ताज पहिरिएकी हुन् ।

बानेश्वरमा विभिन्न व्यवसाय गर्दै आएकी उनले मिसेज पपुलर तथा सम्बन्ध मिसेस पर्सनालिटीको उपाधि समेत प्राप्त गरिन् । उनले रेफ्रिजेरेटर, लेटमिइनको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर र डम डाइनामीकबाट २० हजार रुपैयाँ बराबरको गिफ्ट भौचरका साथै अन्य उपहारहरू प्राप्त गरिन् ।

प्रतियोगितामा करुणा बिक फष्ट रनरअप भइन् । उनले मष्ट ट्यालेन्टको  टाइटल अवार्ड पनि हात पार्न सफल भइन् । उनले ३२ इन्चको टेलिभिजन, लेटमिइनको तर्फबाट ३० हजारको गिफ्ट भौचर प्राप्त गरिन् ।

यसैगरी प्रतियोगितामा रिन्जु कुसवाह सेकेन्ड रनरअप भइन् । उनले फोटोजेनीकको पनि उपाधि जितिन्।

थर्ड रनरअप शिवानी मित्र र चौथो रनरअप उर्मिला कनौजिया मगीया भइन् । अर्गनाइजर च्वाइसको उपाधि भने अन्जु क्षेत्रीले जितेकी छिन् ।

प्रतियोगिताका अन्य विधामा अनिता देवी साहले फेन्ड्ली उपाधि जितिन् । यस्तै, सविता पन्त इनोसेन्ट, कान्छी माया खयमली क्रियटीभ, अम्विका गजमेर भियोर्स च्वाइस, भावना ऐडी ब्युटीफूल  स्माइल, रुकमती भण्डारी लिडरसिप, अरुना घिमिरे मिसेज इनरजेटीक र हिरादेवी श्रेष्ठले ब्युटीफूल  अवार्ड प्राप्त गरे ।

कार्यक्रमकी प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले प्रतियोगिताले विवाहित महिलाहरूको सौन्दर्य, आन्तरिक क्षमता, आत्मविश्वासका साथै महिलाहरूको नेतृत्वमा थप बल पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा वर्ड डिलर्स भारतकी प्रबन्ध निर्देशक डा. विनिता राजले मुख्य भूमिका निभाएकी थिइन् ।  

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : ०५ बजे

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको