बागमती प्रदेशसभा बैठक बस्दै  « Khabarhub

बागमती प्रदेशसभा बैठक बस्दै 


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रदेशसभा भवनमा सुरु हुनेछ ।

आजको बैठकमा ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,’ तथा ‘‘प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेस गर्ने कार्यसूची छ ।

बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक तथा प्रदेश खेलकुद ऐन संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

यही माघ १८ गतेदेखि प्रारम्भ भएको प्रदेशसभा बैठकको पहिलो दिन नै ती विधेयक सदनमा पेस गर्ने योजना रहेकोमा विपक्षी दलको सहमति नहुँदा प्रदेशसभा कार्यसूचीबाट हटाइएको थियो । 

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १० : ०५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज