रास्वपा संसदीय दलको बैठक बस्दै « Khabarhub

रास्वपा संसदीय दलको बैठक बस्दै


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा संसदमा दर्ता भएका ६ अध्यादेशका साथै नीति मन्थन विभाग र कानून विभाग संयन्त्रको विषयमा पनि छलफल हुनेछ ।

रास्वपाले यसअघि नै सरकारले संसदमा दर्ता गरेका ६ अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना संसद् सचिवालयमा दर्ता गरिसकेको छ ।

बैठकमा पार्टीका सभापति रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न सभामुख घिमिरेलाई बुझाएको पत्रका सन्दर्भमा पनि कुराकानी हुने बताइएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १० : ५६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र