मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह « Khabarhub

मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको मौलापुरमा आगामी फागुन ११ देखि १५ गतेसम्म छैटौँ ‘मधानी महोत्सव’ हुने भएको छ । 

बिहिबार पत्रकार सम्मेलन गरी मौलापुरमा रहेको पुरातात्त्विक महत्वको स्थानीय महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न तथा स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको मौलापुर नगरपालिकाले जनाएको छ ।

धार्मिक, सामाजिक, सांस्कृतिक, सामाजिक, व्यापारिक क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको नगरपालिका प्रमुख रीनाकुमारी साहले स्पष्ट गरिन्।

महोत्सवका अवसरमा स्वदेश तथा भारतका चर्चित कलाकारको सहभागितामा मधानी विशेष नाचसहित सांस्कृतिक समारोह, खेलकुदलगायतका गतिविधि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।  

मधानी महोत्सव आयोजना गर्न यस वर्ष नगरपालिकाले ८७ लाख विनियोजन गरेको प्रमुख कार्यकारी अधिकृत रामबाबु साहले जानकारी दिए।

नगर प्रमुख साहले ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको मौलापुरस्थित महादेव मन्दिर नेपाल सरकारको सय वटा प्रमुख गन्तव्यभित्र पर्ने भएकाले विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।  

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १२ : २६ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त