तीनवटा कम्पनीका गुणस्तरहीन औषधी बिक्रीमा रोक  « Khabarhub

तीनवटा कम्पनीका गुणस्तरहीन औषधी बिक्रीमा रोक 


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यून गुणस्तरका देखिएपछि औषधी व्यवस्था विभागले तीनवटा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न ब्याचका औषधि बिक्री वितरणमा रोक लगाएको छ । 

विभागले आज एक सूचना जारी गर्दै न्यून गुणस्तरका ब्याचका औषधि बिक्री–वितरण नगर्न तथा बजारबाट फिर्ता ल्याउन उत्पादक कम्पनीहरूलाई निर्देशन दिएको छ । खराबी देखिएको ब्याचको औषधी सिफारिस र प्रयोगसमेत नगर्न विभागले आग्रह गरेको छ ।

विभागका अनुसार काभ्रेको बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स्बाट उत्पादित क्याल्बोन नामक क्याल्सियम र भिटामिन डी थ्री मिश्रित ५०० एमजीको ट्याब्लेटका धेरै ब्याचमा समस्या देखिएको छ । ब्याच नम्बर टीसीएल २०३ देखि टीसीएल ३४१ सम्मका ट्याब्लेट तोकिएको स्तरबमोजिम नभएको विभागले जनाएको छ ।

राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि विभागले सोही कम्पनीको ब्याच नम्बर टीसीएल–२२९ लाई माघ पहिलो साता बिक्रीमा रोक लगाएको थियो । 

विभागले बाराको एभरेस्ट प्यारेन्टेरल्सले उत्पादन गरेको इभासिप नामक आँखाको औषधि (आई ड्रप्स) को ब्याच नम्बर ईसीई १४० पनि बिक्रीमा रोक लगाएको छ ।

यस्तै, लोमस प्यारेन्टेरल्सको ए ०४ डब्लूजेड ०१० ब्याचर्को डीएनएस’ सोडियम क्लोराइड इन्जेक्सन पनि न्यून गुणस्तरको पाइएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १ : ५० बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा