तीनवटा कम्पनीका गुणस्तरहीन औषधी बिक्रीमा रोक  « Khabarhub

तीनवटा कम्पनीका गुणस्तरहीन औषधी बिक्रीमा रोक 


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यून गुणस्तरका देखिएपछि औषधी व्यवस्था विभागले तीनवटा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न ब्याचका औषधि बिक्री वितरणमा रोक लगाएको छ । 

विभागले आज एक सूचना जारी गर्दै न्यून गुणस्तरका ब्याचका औषधि बिक्री–वितरण नगर्न तथा बजारबाट फिर्ता ल्याउन उत्पादक कम्पनीहरूलाई निर्देशन दिएको छ । खराबी देखिएको ब्याचको औषधी सिफारिस र प्रयोगसमेत नगर्न विभागले आग्रह गरेको छ ।

विभागका अनुसार काभ्रेको बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स्बाट उत्पादित क्याल्बोन नामक क्याल्सियम र भिटामिन डी थ्री मिश्रित ५०० एमजीको ट्याब्लेटका धेरै ब्याचमा समस्या देखिएको छ । ब्याच नम्बर टीसीएल २०३ देखि टीसीएल ३४१ सम्मका ट्याब्लेट तोकिएको स्तरबमोजिम नभएको विभागले जनाएको छ ।

राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि विभागले सोही कम्पनीको ब्याच नम्बर टीसीएल–२२९ लाई माघ पहिलो साता बिक्रीमा रोक लगाएको थियो । 

विभागले बाराको एभरेस्ट प्यारेन्टेरल्सले उत्पादन गरेको इभासिप नामक आँखाको औषधि (आई ड्रप्स) को ब्याच नम्बर ईसीई १४० पनि बिक्रीमा रोक लगाएको छ ।

यस्तै, लोमस प्यारेन्टेरल्सको ए ०४ डब्लूजेड ०१० ब्याचर्को डीएनएस’ सोडियम क्लोराइड इन्जेक्सन पनि न्यून गुणस्तरको पाइएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १ : ५० बजे

वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपामा ९ प्रतिशत मात्रै महिला उम्मेदवार  

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६४ क्षेत्रमा उम्मेदवार दर्ता गर्दा

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित

रास्वपाका उम्मेदवार गणेश र बालेनबीच भेटवार्ता

काठमाडौं– झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह र मोरङ

प्रतिनिधिसभा निर्वाचन : झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा

चितवनका पुनः स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण बुझाउन प्रशासनको निर्देशन

काठमाडौं– चितवन जिल्ला प्रशाशन कार्यालयले जिल्लामा सञ्चालित उपचार तथा पुनः