चितवन अदालत चितवनमा रवि, न्यायाधीश ढकालको इजलासमा बयान « Khabarhub

चितवन अदालत चितवनमा रवि, न्यायाधीश ढकालको इजलासमा बयान


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

चितवन- सहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा हाजिर भएका छन् ।

उक्त सहकारीको बचत अपचलन प्रकरणमा ठगीको मुद्दा दर्ता भएपछि लामिछाने बुधबार अदालतमा हाजिर भएका हुन् । रविसहित उनका साझेदारविरुद्ध मंगलबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा लगेको थियो ।

अदालत हाजिर भएसँगै लामिछानको मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सुरु भइसकेको छ । बयान सकिएपछि थुनछेक बहस अघि बढ्नेछ ।

मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो ।

जसमध्ये १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ । अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  २ : १४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र