महसुल नबुझाउँदा विद्युत् लाइन विच्छेद « Khabarhub

महसुल नबुझाउँदा विद्युत् लाइन विच्छेद


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिरहा–  सिरहाको धनगढीमाई नगरपालिकाले यहाँका किसानले प्रयोग गरेका कृषि मिटरको विद्युत् महसुल समयमा नबुझाउँदा नेपाल विद्युत् प्राधिकरणले लाइन काट्न सुरु गरेको छ । गहुँ सिँचाइ गर्ने मुख्य समयमा कृषि मिटरको लाइने काटिएपछि किसान समस्यामा परेका छन् । 

नगरपालिकाले दुई वर्षअघिदेखि नगरका किसानको विद्युत् महसुल तिर्ने जिम्मा लिएको थियो । तर, लामो समयदेखि पालिकाले महसुल नतिरेपछि बाध्य भएर ठूला मिटरको लाइन काट्न सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख अवधेश गुप्ताले बताए । 

उनले भने , ‘हामीले अहिले तीनओटा ठुला कृषि मिटरको लाइन काटेका छौँ । नगरको सम्पूर्ण कृषि मिटरको बाँकी बक्यौता करोड भन्दा माथि छ । महसुल उठाउनको लागि लाइन काट्नुको विकल्प हामीसँग छैन ।’

सिँचाइ मिटरको लाइन काटिँदा वडा नं. ८ का सयौं किसान मर्कामा परेका छन् । ‘किसानले लगाएको गहुँमा सिँचाइ गर्नु पर्ने समयमा विद्युत्को लाइन काटियो । अहिले सिँचाइ गर्न समस्या भइरहेको छ’, स्थानीय किसान योगेश सिंहले भने, ‘नगरपालिकाले विद्युत्को महसुल तिर्न सक्दैन भने जिम्मा लिनु हुन्न थियो । विनाकारण किसानले दुःख पाइरहेका छन् ।’

उनले यहाँ रहेको सामुहिक कृषि सिँचाइ मिटरको रु दुई हजार दुई सय महसुल पुगेपछि प्राधिकरणले लाइन काटेको जानकारी दिए । उनले भने, ‘पालिकाले जिम्मा नलिएको भए हामी नियमित रूपमा महसुल बुझाउँथ्यौँ । अहिले २२ हजार महशुलमात्र हैन, त्यसमा लाग्ने जरिवाना र पुनः जडान खर्च समेत किसानले बेहोर्नु पर्ने अवस्था आयो ।’ एउटै मोटरले यस क्षेत्रका ५० विगहाभन्दा धेरै जमिन सिँचाइ गर्दै आइरहेका उनले जानकारी दिए । 

समयमा विद्युत्को महसुल नबुझाउँझा किसानमात्र हैन पालिका पनि आर्थिक मारमा परेको नगर कृषि संयोजन समितिका संयोजक समेत रहेका वडा नम्वर १ का अध्यक्ष सूर्यनारायण यादवले बताए। 

‘पालिकाले किसानको विद्युत् महसुल तिर्ने जिम्मा लिएपछि समयमा तिर्नु पर्ने हो । समयमा महसुल नतिर्दा जरिवाना बेहोर्नु पर्ने अवस्था भएको छ । त्यसोहुँदा नगरले विनियोजन गरेको बजेटभन्दा महसुल रकम धेरै उठेकोले शुल्क बुझाउन समस्या भएको हो ।’

अध्यक्ष यादवले पालिकाले चालु आर्थिक वर्षमा कृषि विद्युत् महसुल बुझाउन ४५ लाख विनियोजन गरेको छ । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा पालिकाले २० लाख रुपैयाँ विद्युत् प्राधिकरणमा बुझाएको थियो ।

विनियोजित बजेट र उठेको महसुल रकमको तालमेल नमिल्दा समस्या भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ्गले बताए। 

उनले भने, ‘नगरसभाले योजना बनाएरमात्र भएन, त्यसमा कति बजेट विनियोजन भएको छ भन्ने मुख्य कुरा हुन्छ । बजेट र भुक्तानी गर्नुपर्ने महशुलको तालमेल मिलिरहेको छैन । आजै बस्ने कार्यपालिका बैठकमा यस विषयमा छलफल गरी निकास निस्कन्छ ।’ 

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : २५ बजे

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका