वृद्धाभत्ता बुझेर फर्किएका चुडामणी बाटोमै अस्ताए « Khabarhub

वृद्धाभत्ता बुझेर फर्किएका चुडामणी बाटोमै अस्ताए


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

गोरखा– वृद्धाभत्ता बुझेर फर्कने बेला भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–४ काशीखोलाका ७५ वर्षीय चुडामणी काप्रीको भिरबाट लडेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नविन गिरीले आइतबार घरबाट वृद्धाभत्ता बुझ्न निस्किएका काप्री घर नफिर्किएपछि खोजी गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्था आज बिहान शव फेला परेको जानकारी दिए। 

उनका अनुसार ध्याम्पेसालस्थित बैंकमा वृद्धभत्ता बुझेर फर्कने क्रममा उनको वडा नम्बर–२ स्थित सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको हो ।

काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताए। 

‘वृद्धाभत्ता बुझेर घर नर्फिएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेका थियौँ । आज बिहान करिब ७ बजे उनको शव फेला परेको हो’, उनले भने।

घटनास्थलमा पुगेर प्रहरीको टोलीले शवको मुचुल्का बनाएर अत्येष्टीका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र