गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन « Khabarhub

गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दलितमाथि हिंसा गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

अन्तरजातीय बाल विवाहको विषयमा गृहमन्त्री कै निर्देशनमा अत्याचार भएको भन्दै प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी दलित अधिकारकर्मी खगेन्द्र सुनार लगायतले गृहमन्त्रीले नै दलितमाथि अत्याचार गरेको भन्दै राजीनामा माग गरेका हुन् । 

राज्यका निकायमा बसेका मान्छेले नै दलितमाथि अत्याचार गरेको सुनारको आरोप छ । उनले कांग्रेस शिर्ष नेतासँग दलितमाथिको भएको विभेदको धारणा माग गर्ने बताए । त्यस्तै सुनारले कांग्रेस पार्टी कार्यालय, दलीय आयोग लगायतका निकायमा धर्ना दिने उल्लेख गरे ।

यता अन्तरजातीय बाल विवाहको विषयमा गृहमन्त्रीको बारेमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन गरिएको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ । 

संविधान र कानूनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्‍याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ४ : २४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र