कोशीका पूर्वमुख्यमन्त्री कार्की बोलाएर कोइराला समूहको विद्यार्थी भेला « Khabarhub

कोशीका पूर्वमुख्यमन्त्री कार्की बोलाएर कोइराला समूहको विद्यार्थी भेला


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालानिकट विद्यार्थीहरूले स्ववियु निर्वाचन विशेष उपत्यकास्तरीय भेला गरेका छन् ।

भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा कोइराला समूहबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरूले बुधबार आरआर क्याम्पसमा उपत्यका स्तरीय भेला गरेका हुन् ।

उक्त भेलामा नेविसंघका पूर्वअध्यक्ष रहिसकेका युवा नेताहरू गुरुाज घिमिरे र रञ्जित कर्ण, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की सहभागी थिए । 

नेविसंघमा कोइराला समूहको नेतृत्व गर्दै आएकी केन्द्रीय सदस्य प्रेमिका रानामगरको सभापतित्वमा आयोजित भेलामा उपत्यकाका विभिन्न विश्वविद्यालय र आंगिक क्याम्पसहरुका स्ववियु सभापतिहरूको पनि उपस्थिति रहेको केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए ।  

भट्टले अन्तरक्रियाका क्रममा भेलामा उपस्थित झण्डै २५ क्याम्पसका विद्यार्थी नेताहरूले प्रतिनिधिमुलक रुपमा आ–आफ्नो धारणा व्यक्त गरेको बताए । उनले भने, ‘हामीले चैत ५ गतेका लागि त्रिभुवन विश्वविद्यालयले तोकेको स्ववियु चुनावको तयारी सुरु गरेका छौँ । 

भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता घिमिरेले स्ववियुको स्थापनाका बेलाको कठिनाईं स्मरण गर्दै अहिले स्ववियुको भूमिका सही दिशामा अगाडि नबढेको बताए । उनले स्ववियु निर्वाचनमा नेविसंघले अरु सङ्गठनसँग चुनावी तालमेल नगरी निर्वाचनमा जानुपर्ने धारणा पनि व्यक्त गरे । 

क्याम्पस र विश्वविद्यालयमा लोकप्रिय विद्यार्थी नेताले दुःख गरेको आधारमा स्ववियु निर्वाचनको टिकट पाउनुपर्ने भन्दै घिमिरेले पार्टीका नेताको चाकडी गरेको भरमा टिकट दिने र अन्याय गर्ने प्रवृत्तिविरुद्ध उभिन निर्देशन पनि दिए । 

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले स्ववियु निर्वाचन समयमै हुनुपर्ने र संगठनभित्र दुःख गरेका र लोकप्रिय विद्यार्थी नेतालाई समूहका नाममा अन्याय गरिए आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए । ‘तपाईंहरू स्ववियु चुनावको तयारीमा जुट्नुस्,’ उनले भने, ‘साथीहरूको संरक्षण हामी गर्छौँ । अन्याय हुन दिँदैनौँ ।’

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ४ : ४७ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त