अध्यादेश राष्ट्रियसभाबाट फेल हुनसक्छ : वर्षमान पुन « Khabarhub

अध्यादेश राष्ट्रियसभाबाट फेल हुनसक्छ : वर्षमान पुन


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले प्रतिनिधि सभालाई छलेर अध्यादेश मार्फत शासन गर्न खोजेको आरोप लगाएका छन् । जनताको अभिमतबाट बनेको सार्वभौम संसद्लाई छलेर सरकारले अध्यादेश ल्याउनु गलत भएको भन्दै राष्ट्रियसभाबाट फेल हुने दाबी गरेका छन् ।

प्रेस सेन्टर कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुनले सरकारको कडा आलोचना र अध्यादेशको विरोध गरेका छन् । दुई ठूला दल मिलेर बनेको सरकारले अध्यादेशमार्फत शासन चलाएर संसद्को मानहानि गर्दै बहुमतको आडमा स्वेच्छाचारी र निरुकुंशता लाद्न खोजेको पुनको आरोप छ ।

अहिलेका प्रधानमन्त्री ओलीले विगतमा आफूसँग दुई तिहाइ बहुमत हुँदाहुँदै संसद् छल्ने, अध्यादेशमार्फत शासन गर्ने र संसद् विघटन गर्ने काम गरेका थिए फेरी त्यही प्रवृत्ति दोहोरिएको जनतामा आशंका उब्जिएको उनी बताउँछन् ।

‘हामीसँग बहुमत छ । जे गर्दा पनि हुन्छ । अध्यादेश ल्याउँछौँ पारित गछौँ भन्ने मनसाय सरकारको देखिन्छ तर त्यो हुनु दुःखद कुरा हो,’ पुनले भने, ‘लोकतन्त्र, विधिको शासनमा कानून संसद्ले बनाउने हो । कार्यान्वयन कार्यपालिकाले गर्छ । कार्यपालिकाले बनाउन थाल्यो भने संसद्को कामै हुँदैन् ।’

ओलीले आफूले विगतमा गरेका काम सही थिए भनेर पुष्टि गराउन प्रयत्न गर्न खोजेको देखिएको पनि पुनले बताए । सरकारले भनेजस्तो अध्यादेश पारित गराउन सहज अवस्था नरहेको बताउँदै उनले राष्ट्रिय सभाबाट फेल हुने आशंका रहेको बताए ।

‘सरकारले भनेजस्तो कम्र्फटेबल अवस्था पनि छैन । कांग्रेस सभापतिले नै राष्ट्रिय सभामा रहेका दललाई सम्पर्क गर्दै अध्यादेश पारित गर्न सघाउनु पर्‍यो भनिरहनुभएको छ,’ पुनले थने, ‘अध्यादेश राष्ट्रिय सभामा फेल हुन्छ भन्ने आशंका पनि छ । त्यो यथार्थ पनि हो । माओवादी र समाजवादी जोड्दो ठूलो सङ्ख्या छ । कांग्रेस, एमाले बाहेकका दलले समर्थन नगर्दा सहजै फेल हुने देखिन्छ ।’ 

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ५ : ०८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा