अध्यादेश राष्ट्रियसभाबाट फेल हुनसक्छ : वर्षमान पुन | Khabarhub Khabarhub

अध्यादेश राष्ट्रियसभाबाट फेल हुनसक्छ : वर्षमान पुन


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले प्रतिनिधि सभालाई छलेर अध्यादेश मार्फत शासन गर्न खोजेको आरोप लगाएका छन् । जनताको अभिमतबाट बनेको सार्वभौम संसद्लाई छलेर सरकारले अध्यादेश ल्याउनु गलत भएको भन्दै राष्ट्रियसभाबाट फेल हुने दाबी गरेका छन् ।

प्रेस सेन्टर कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुनले सरकारको कडा आलोचना र अध्यादेशको विरोध गरेका छन् । दुई ठूला दल मिलेर बनेको सरकारले अध्यादेशमार्फत शासन चलाएर संसद्को मानहानि गर्दै बहुमतको आडमा स्वेच्छाचारी र निरुकुंशता लाद्न खोजेको पुनको आरोप छ ।

अहिलेका प्रधानमन्त्री ओलीले विगतमा आफूसँग दुई तिहाइ बहुमत हुँदाहुँदै संसद् छल्ने, अध्यादेशमार्फत शासन गर्ने र संसद् विघटन गर्ने काम गरेका थिए फेरी त्यही प्रवृत्ति दोहोरिएको जनतामा आशंका उब्जिएको उनी बताउँछन् ।

‘हामीसँग बहुमत छ । जे गर्दा पनि हुन्छ । अध्यादेश ल्याउँछौँ पारित गछौँ भन्ने मनसाय सरकारको देखिन्छ तर त्यो हुनु दुःखद कुरा हो,’ पुनले भने, ‘लोकतन्त्र, विधिको शासनमा कानून संसद्ले बनाउने हो । कार्यान्वयन कार्यपालिकाले गर्छ । कार्यपालिकाले बनाउन थाल्यो भने संसद्को कामै हुँदैन् ।’

ओलीले आफूले विगतमा गरेका काम सही थिए भनेर पुष्टि गराउन प्रयत्न गर्न खोजेको देखिएको पनि पुनले बताए । सरकारले भनेजस्तो अध्यादेश पारित गराउन सहज अवस्था नरहेको बताउँदै उनले राष्ट्रिय सभाबाट फेल हुने आशंका रहेको बताए ।

‘सरकारले भनेजस्तो कम्र्फटेबल अवस्था पनि छैन । कांग्रेस सभापतिले नै राष्ट्रिय सभामा रहेका दललाई सम्पर्क गर्दै अध्यादेश पारित गर्न सघाउनु पर्‍यो भनिरहनुभएको छ,’ पुनले थने, ‘अध्यादेश राष्ट्रिय सभामा फेल हुन्छ भन्ने आशंका पनि छ । त्यो यथार्थ पनि हो । माओवादी र समाजवादी जोड्दो ठूलो सङ्ख्या छ । कांग्रेस, एमाले बाहेकका दलले समर्थन नगर्दा सहजै फेल हुने देखिन्छ ।’ 

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ५ : ०८ बजे

मनास्लु आरोहण गर्ने अहिलेसम्मकै कान्छी आरोही छिरिङ

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँकी २२ वर्षीया छिरिङ

सार्वजनिकस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्न जुट्यो प्राधिकरण

काठमाडौं – काठमाडौंसहित देशका विभिन्न दश सहरमा निःशुल्क वाइफाइ उपलब्ध

स्वास्थ्य मन्त्रालयका सबै संयन्त्र पुनःस्थापित

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै संयन्त्र पुनःस्थापित गरिएको जनाएको

प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन