झापाका वृद्ध र महिलाको बदनाम हुने गरी सामाग्री बनाउने ३८ युट्युबरलाई कारबाही | Khabarhub Khabarhub

झापाका वृद्ध र महिलाको बदनाम हुने गरी सामाग्री बनाउने ३८ युट्युबरलाई कारबाही

दर्ता नभएकाहरू साइबर ब्यूरोको जिम्मा


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापाका एकजना वृद्ध र महिलाको व्यक्तिगत गोपनीयताको ख्याल नगरी अतिरञ्जित गरी सामाग्री बनाएर प्रसारण गर्ने ३८ युट्युबरलाई प्रेस काउन्सिल नेपालले कारबाही  गरेको छ । 

पछिल्लो समय सामाजिक सञ्जाल तथा युट्युबरबाट झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ नाम दिएर ती वृद्ध र महिलाको बदनाम गराउन सक्रिय युट्युबर कारबाहीमा परेका हुन् ।

२१ वर्षीया महिलाले बच्च पाएको घटनामा बयोवृद्धलाई जोड्दै पुष्टि भइनसकेको कुरालाई आफूखुसी सामाग्री बनाएर सम्प्रेषण गर्ने युट्युबरहरू कारबाहीमा परेका हुन् ।

पीडित युवती, आरोपित जेष्ठ नागरिक , शिशु र पीडित परिवारको भिडियो तथा तस्बिर अमर्यादित रुपमा सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ।

उक्त प्रकरणमा ती वृद्धको संलग्नता भएको कुरा पुष्टि नभइसकेको अवस्थामा वैयक्तिक गोपनीयता नराखी बदनाम गराएको आरोपमा काउन्सिलले ती युट्युबरलाई कारबाही चलाएको सहायक प्रवक्ता रामशरण बोहोराले बताएका छन् ।

बोहोराका अनुसार पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका, जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका तथा वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गर्ने यस्ता च्यानलहरू कारबाहीमा परेका हुन् ।

सञ्चारमाध्यमका नाममा दर्ता नभई चलिरहेका युट्युब च्यानललाई नेपाल प्रहरीको साइबर ब्युरोमार्फत् कानूनी कारबाही प्रक्रिया अघि बढाइएको पनि काउन्सिलले जनाएको छ ।

काउन्सिलले पत्रकारिताका मूल्य मान्यताविपरीत समाजमा घृणा, उत्तेजना र अफवाह फैलाउने सामग्री तत्काल हटाउन पनि भनेको छ। गैरपेशागत तथा गैरकानुनी गतिविधि नगर्न चेतावनी पनि काउन्सिलले दिएको छ । जिम्मेवार पत्रकारितामा ध्यान दिन सञ्चारमाध्यमलाई भनिएको बोहोराले बताएका छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ६ : २४ बजे

बढ्दै गइरहेको नेपाल-चीनको सम्बन्ध

काठमाडौं– प्राध्यापक हुआङ झेङ डुओ चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन

मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै

जनकपुरधाम– मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी

बक्यौता माग्दै उखु बोकेर धर्ना बसे किसान (तस्बिरहरू)

काठमाडौं– उखु उत्पादक महासंघ नेपालले गत आर्थिक वर्ष ०८१/०८२ को

‘काजी’मा विपीन, केकी र गरिमा

काठमाडौं- नायक विपिन कार्की, नायिकाद्वय केकी अधिकारी र गरिमा शर्मालाई

राष्ट्रपति भेट्न पुगे विपिन जोशीका परिवार

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका