कोशीका मुख्यमन्त्री भन्छन्- निजी स्कुलले नियम मानेका छन्, सरकारीकरण गर्नु पर्दैन « Khabarhub

कोशीका मुख्यमन्त्री भन्छन्- निजी स्कुलले नियम मानेका छन्, सरकारीकरण गर्नु पर्दैन


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी विद्यालयहरू नियमभित्र सञ्चालन भइरहेको भन्दै सरकारीकरण गर्नु आवश्यक नरहेको बताएका छन् ।

राज्यले अहिले नै निजी विद्यालय सरकारीकरण गर्न नसक्ने तर्क पनि उनले गरेका छन् ।

यदि सरकारीकरण गर्ने कानुन ल्याए राज्य नै असफल हुने अवस्था आउने पनि उनले बताए ।

मुख्यमन्त्री कार्कीले सामुदायिक विद्यालयको अवस्था हेर्दा राज्यले काम गर्न नसकिरहेको देखिएको भन्दै तिनको अवस्था सुधार गर्न लाग्नु पर्ने बताए ।

निजी तथा आवासीय विद्यालय अर्घनाइजेसन नेपाल (प्याब्सन) को कोशी प्रदेश अधिवेशनलाई उद्घाटनका क्रममा उनले निजीक्षेत्र शिक्षाको जिम्मेवारीबाट हट्न खोजे समस्या हुने बताए ।

यथार्थमा स्वास्थ्य र शिक्षा नेपाल सरकार एक्लैले जिम्मा लिन नसक्ने पनि उनले बताए । संविधानले तीन खम्बे अर्थनीतिलाई आत्मसाथ गरेको पनि मुख्यमन्त्री कार्कीले बताउ । ‘हरेक क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य नगर्दा हाम्रा कुनै पनि योजना सफल हुँदैन’, उनले भने ।

मुलुकको आर्थिक सम्वृद्धिको अघि बढ्न निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए ।

संविधान र कानुनको परिधिभित्र रहेर काम गर्न आग्रह गर्दै उनले निजी क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार तयार रहेको विश्वास दिलएा ।

कार्यक्रममा बोल्दै प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरीले सरकारले जनसङ्ख्या वृद्धिसम्बन्धी नीति ल्याउनु पर्ने माग गरेका छन् ।

युवा जनशक्ति विदेश पलायनसँगै जन्मदरसमेत कम भएको भन्दै पुरीले जनसङ्ख्या वृद्धि नीति ल्याउनुपर्ने आवश्यक देखिएको बताए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ६ : ५९ बजे

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन

प्रस्तावित प्रधानन्यायाधीशको उजुरी अध्ययन गर्न समय माग्दै विपक्षी सांसद ‘फास्ट ट्र्याक’ को विरोध

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई