हत्या अभियोगमा फरार अभियुक्त बोहरा पक्राउ | Khabarhub Khabarhub

हत्या अभियोगमा फरार अभियुक्त बोहरा पक्राउ


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

धनगढी– हत्या अभियोगमा फरार रहेका कञ्चनपुर वेदकोट नगरपालिका– १ का ३४ वर्षीय उद्धव बोहरालाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार बोहरालाई काठमाडौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको छ । नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला कार्य समितिका पूर्व सदस्य तथा महाधिवेशन प्रतिनिधि रहेका बोहरामाथि वेदकोटकै हर्कबहादुर खडायतको हत्या गरेको अभियोग छ ।

एसपी जोशीले बोहरासहितको समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका– १ हात्तीथलामा देउसीभैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेको जानकारी दिए ।

तत्कालीन समयमा पाँच जनाविरुद्ध कर्तव्य ज्यान उद्योग शीर्षकमा मुद्दा दर्ता भएकोमा चक्र बोहरा पक्राउ परेका थिए । तर खडायतको उपचारका क्रममा १० पुस २०८० मा मृत्यु भएपछि भने कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको थियो ।

बोहरा पक्राउ परे पनि उक्त मुद्दाका अन्य चार जना अझै फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले मंगलबार नै अन्य फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका– ६ बस्ने भानु डगौरा र कृष्णपुर नगरपालिका– १ का ईश्वर रावल रहेको एसपी जोशीले बताए ।

उनीहरु मध्ये डगौरालाई ज्यान सम्बन्धी मुद्दामा १७ भदौ २०८१ मा जिल्ला अदालतले ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो भने रावललाई मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतमा बुझाइने छ ।

कञ्चनपुर प्रहरीले पछिल्लो एक महिनामा मात्र एक सय १८ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जनाएको छ । 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : २७ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने