रास्वपाको टिप्पणी- प्रधानमन्त्री ओलीलाई लोकतन्त्र मनै पर्दैन « Khabarhub

रास्वपाको टिप्पणी- प्रधानमन्त्री ओलीलाई लोकतन्त्र मनै पर्दैन


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र मन नपर्ने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्रीलाई लोकतन्त्र मन नपर्ने टिप्पणी गरेका हुन् ।  

‘लोकतन्त्रको आधारभूत सिद्धान्त हो वाक स्वतन्त्रता । तर, यो लोकतान्त्रिक सरकारका प्रधानमन्त्रीलाई लोकतन्त्र मन पर्दैन,’ सांसद नेपालीले भने, ‘किनकी उहाँ र उहाँको दललाई प्रश्न मन पर्दैन ।’ 

सांसद नेपालीले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेको मन नपर्ने भएका कारण दुई जना पत्रकारको प्रेस पास निलम्बन गरिएको पनि बताए । 

‘प्रधानमन्त्रीज्यूलाई प्रश्न सोध्दा संसदीय व्यवस्थाको रिपोर्टिङ गर्ने दुई युवा पत्रकारको अनुमतिपत्र (प्रेस पास) खारेज गरिन्छ,’ उनले भने, ‘किनकी उहाँलाई प्रश्न मन पर्दैन ।’ 

सांसद नेपालीले केही दिनअघि दशरथ रंगशालामा सत्तारुढ नेकपा एमालेका कार्यकर्ताले दर्शक कुटेको भन्दै आपत्ति पनि जनाए ।  

‘केपी ओली कपमा हुटिङ गर्दा कार्यकर्ताले दर्शलाई पिट्छन् । खेद्छन् । यदि, केही गलत थियो भने कानुन छ, प्रहरी छन्,’ उनले भने, ‘ के कार्यकर्ताले पिट्ने नै उपाय हो रु पिटी रहेका छन्, किनकी एमालेलाई प्रश्न मन पर्दैन ।’

सांसद नेपालीले ओली नेतृत्वको सरकारलाई स्वतन्त्र नागरिक र निष्पक्ष पत्रकारिता पनि मन नपर्ने दाबी गरे ।  

‘कसैले टिभीमा अन्तर्वार्तामा प्रतिपक्षलाई अराजक भन्छ, कसैले जिब्रो थुत्ने कुरा गर्छ भने कसैले पेड मिडिया भन्छ,’ नेपालीले भने, ‘किनकी यो सरकारलाई स्वतन्त्र नागरिक र निष्पक्ष पत्रकारिता मन पर्दैन ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : ०८ बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख