अर्थसंक्षेप : तेस्रो दिन पनि घट्यो शेयर बजार, फोहर बेचेर पैसा कमाउँदै धनगढी उपमहानगर « Khabarhub

अर्थसंक्षेप : तेस्रो दिन पनि घट्यो शेयर बजार, फोहर बेचेर पैसा कमाउँदै धनगढी उपमहानगर


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

आफू खुसी बजेट छुट्याउने प्रवृत्ति अन्त्य गर्न आयोजना बैंकको कार्यविधि : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफू खुसी योजनामा बजेट छुट्याउने प्रवृत्तिलाई अन्त्य गर्न र प्राथमिकताका आधारमा विकास निर्माणका कार्य सम्पन्न गराउन आयोजना बैंकको कार्यविधि ल्याइएको बताएका छन् ।

प्रदेश योजना आयोगले बुधबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय आयोजना तर्जुमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आयोजना बैंकमा रहेका योजनाहरू प्राथमिकताका आधारमा सम्पन्न गर्दै लैजान सकिने भएकाले योजना छनौटमा व्यापक छलफल हुने बताए ।

तेस्रो दिन पनि घट्यो शेयर बजार, कारोबार निरन्तर ओरालो

फागनु ४ गतेदेखि निरन्तर गत आइतबारसम्म बढेको शेयर बजारमा अहिले ब्रेक लागेको छ । बजार लगातार तेस्रो दिन पनि घटेको छ ।

दुई दिनसम्मको घटाइलाई लगानीकर्ताले बजारको करेक्सन भने पनि लगातार तेस्रो दिनको घटाइलाई भने करेक्सनको रूपमा मान्न सकेका छैनन् ।

श्रमदानबाटै सिँचाइ योजना मर्मत

उदयपुर सिमेन्ट उद्योगका अवकाशप्राप्त कर्मचारीलाई सुविधा उपलब्ध गराउनुपर्छ : सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट अवकाशप्राप्त एक सय तीन जना कर्मचारीलाई तत्काल बाँकी रहेको सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले अवकाशको तीन वर्षसम्म कर्मचारीहरूले सुविधाबापत पाउने रकम उपलब्ध नगराएको भन्दै माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘सिमेन्ट उद्योगमा आफ्नो जीवनको ३५ वर्ष दिएकाहरूले अब के दिन बाँकी छ यो सरकारलाई, अनि उनीहरूले पैसा पाउँछन् ‘, उनले प्रश्न गरे ।

सीजीको राष्ट्रव्यापी निःशुल्क एसी सेवा शिविर 

कुमारी बैंक र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रबीच छुट सम्झौता

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबार प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

कोशी उद्योग वाणिज्य महासंघले ढाका महोत्सव गर्ने 

ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर

सुखानीका सहिदको सम्मानमा बनाइयो हुलाक टिकट, मूल्य १० रुपैयाँ

सभामुख देवराज घिमिरेले झापाको सुखानी घटनाका योद्धाहरूका तस्बिर अङ्कित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाएका छन् ।

झापाका किसानमाथिको शोषण र दमनका विरुद्ध विसं २०२८ मा युवा विद्यार्थीहरूले गरेको विद्रोहलाई तत्कालीन पञ्चायती शासकद्वारा दमन र धरपकड गर्ने क्रममा जेलमा राखिएकामध्ये पाँच युवालाई सुखानी जङ्गलमा हत्या गरिएको थियो ।

झापाको चन्द्रगढीस्थित जेलबाट इलाम लैजाने बहानामा विसं २०२९ फागुन २१ गते साँझ सुखानी जङ्गलमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई गोली हानी हत्या गरिएको थियो । उनीहरूको बलिदानी प्रति नेपालको कम्युनिष्ट आन्दोलनमा उच्च आदरसहित सम्मान गरिँदै आइएको छ ।

दाङका विकट बस्तीमा विद्युत् सेवा पुर्‍याइँदै

कालीगण्डकी कोरिडोरको कालीपुलमा सडक कालोपत्र

इलामका किसान बेसारखेतीमा आकर्षित

फोहर बेचेर पैसा कमाउँदै धनगढी उपमहानगर

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : ५५ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना