एकीकृत समाजवादीले देशव्यापी प्रदर्शन गर्ने « Khabarhub

एकीकृत समाजवादीले देशव्यापी प्रदर्शन गर्ने


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ: नेकपा एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।

पार्टी कार्यालय तोडफोडको विरोध र तीनकुने प्रदर्शनमा भएको आगजनीको छानबिनको माग गर्दै पार्टीले यही चैत २५ गते देशभर प्रदर्शन गर्ने भएको हो ।

पार्टी मातहतका कमिटीले देशभरका पालिका, वडा तह, प्रदेश, क्षेत्रमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्ने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

घटनाको निष्पक्ष छानबिन गरी त्यसमा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिने उद्देश्यले विरोध प्रदर्शन एवं सभा गर्न लागेको ज्वालाले बताए ।

उक्त घटनाबाट पार्टीमा पुगेको क्षति विवरण सङ्कलन गर्न केन्द्रीय उपमहासचिव रामकुमार भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, अन्तर्राष्ट्रिय परिस्थितिबारे जनतालाई सुसूचित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि मुलुकमा सुशासन, रोजगारी, समृद्धिलगायत विषयमा देशभर राजनीतिक सभा गर्ने कार्यसूची छ ।

पार्टीले मुलुकमा राजनीतिक आडमा भएका विकृतिबारे भण्डाफोर गर्ने लक्ष्य लिएको छ ।राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणालि सुधार गर्ने, जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समाजवादी कार्यक्रम कार्यान्वयन गर्ने विषयमा जनस्तरबाट आएका सुझाव समावेश गरिने बताइएको छ ।

एकीकृत समाजवादीले यही चैत २ देखि आगामी वैशाख २२ गतेसम्म सञ्चालन गरेको अभियान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १ : २२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ