एमालेले चैत २६ गते सुर्खेतमा जनसभा गर्ने « Khabarhub

एमालेले चैत २६ गते सुर्खेतमा जनसभा गर्ने


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेकपा एमालेले गणतन्त्रको पक्षमा चैत २६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जनसभा गर्ने भएको छ । देशमा लोकतन्त्र र गणतन्त्रमा धावा बोल्न थालिएको भन्दै एमालेले जनसभा गर्ने भएको हो ।

एमालेको जिल्ला कार्य समिति सुर्खेतले सभाको आयोजना गर्ने भएको छ ।

पछिल्लो लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समयमा देखिएका अराजकताविरुद्ध जनसमर्थन र सकारात्मक सन्देश प्रवाहका लागि सभा आयोजना गर्न लागिएको नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए ।

‘एमाले महासचिव शंकर पोखरेलले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ,’ उनले भने, ‘सभालाई व्यवस्थित बनाउनका लागि विभिन्न समिति पनि गठन गरिएका छन् ।’

सुर्खेतमा हुने सभाले गणतन्त्रका पक्षमा सकारात्माक सन्देश दिने लक्ष्य राखेको तिमिल्सेनाले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ३ : ४४ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको