एमालेले चैत २६ गते सुर्खेतमा जनसभा गर्ने « Khabarhub

एमालेले चैत २६ गते सुर्खेतमा जनसभा गर्ने


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेकपा एमालेले गणतन्त्रको पक्षमा चैत २६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जनसभा गर्ने भएको छ । देशमा लोकतन्त्र र गणतन्त्रमा धावा बोल्न थालिएको भन्दै एमालेले जनसभा गर्ने भएको हो ।

एमालेको जिल्ला कार्य समिति सुर्खेतले सभाको आयोजना गर्ने भएको छ ।

पछिल्लो लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समयमा देखिएका अराजकताविरुद्ध जनसमर्थन र सकारात्मक सन्देश प्रवाहका लागि सभा आयोजना गर्न लागिएको नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए ।

‘एमाले महासचिव शंकर पोखरेलले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ,’ उनले भने, ‘सभालाई व्यवस्थित बनाउनका लागि विभिन्न समिति पनि गठन गरिएका छन् ।’

सुर्खेतमा हुने सभाले गणतन्त्रका पक्षमा सकारात्माक सन्देश दिने लक्ष्य राखेको तिमिल्सेनाले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ३ : ४४ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान