दुई महिने ‘जनयात्रा’मा निस्कियो रास्वपा « Khabarhub

दुई महिने ‘जनयात्रा’मा निस्कियो रास्वपा


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दुई महिने ‘जनयात्रा’ कार्यक्रम सुरु गरेको छ । आज चितवनमा आयोजित कार्यक्रममा रास्वपा उपसभापति स्वर्णीम वाग्लेले जनयात्रा शुभारम्भ गरेका हुन् ।

उपसभापति वाग्लेले जनभावना बुझ्नका लागि सुरु गएिको कार्यक्रममा देशका ७७ जिल्लामा सञ्चालन हुने बताए। यस अभियानबाट आफूहरूले जनताले व्यवस्था परिवर्तन चाहेका हुन वा अवस्था भने बुझ्ने बताए ।

जनताले व्यवस्था नभई अवस्था परिवर्तन चाहेको आफूहरूको बुझाइ रहेको भन्दै उपसभापति वाग्लले पुराना दलहरूले अहिलेको व्यवस्थामा पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको आरोप लगाए ।

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जनताको अवस्था र चाहना बुझ्न तय गरिएको कार्यक्रम सभापति रवि लामिछाने पक्राउ पर्दा नरोकिने बताए। चितवन क्षेत्र नं १ का सांसद हरि ढकाल, केन्द्रीय सदस्यहरू राजन गौतम, ध्रुव गिरी, सविना विकलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १० : २३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ