दुई महिने ‘जनयात्रा’मा निस्कियो रास्वपा « Khabarhub

दुई महिने ‘जनयात्रा’मा निस्कियो रास्वपा


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दुई महिने ‘जनयात्रा’ कार्यक्रम सुरु गरेको छ । आज चितवनमा आयोजित कार्यक्रममा रास्वपा उपसभापति स्वर्णीम वाग्लेले जनयात्रा शुभारम्भ गरेका हुन् ।

उपसभापति वाग्लेले जनभावना बुझ्नका लागि सुरु गएिको कार्यक्रममा देशका ७७ जिल्लामा सञ्चालन हुने बताए। यस अभियानबाट आफूहरूले जनताले व्यवस्था परिवर्तन चाहेका हुन वा अवस्था भने बुझ्ने बताए ।

जनताले व्यवस्था नभई अवस्था परिवर्तन चाहेको आफूहरूको बुझाइ रहेको भन्दै उपसभापति वाग्लले पुराना दलहरूले अहिलेको व्यवस्थामा पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको आरोप लगाए ।

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जनताको अवस्था र चाहना बुझ्न तय गरिएको कार्यक्रम सभापति रवि लामिछाने पक्राउ पर्दा नरोकिने बताए। चितवन क्षेत्र नं १ का सांसद हरि ढकाल, केन्द्रीय सदस्यहरू राजन गौतम, ध्रुव गिरी, सविना विकलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १० : २३ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान