माओवादीले वाईसीएलमा निर्वाचन हुन नदिने, खुमलटारले सर्वसम्मत नेतृत्व छान्ने « Khabarhub

माओवादीले वाईसीएलमा निर्वाचन हुन नदिने, खुमलटारले सर्वसम्मत नेतृत्व छान्ने


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन उद्घाटनको तीन दिन हुँदा पनि नेकपा (माओवादी केन्द्र) को भ्रातृसंगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्व छानिन सकेको छैन ।

उउद्घाटन सकिएर बन्द सत्र सुरू भएको पनि तीन बित्यो तर अहिलेसम्म निर्वाचन प्रक्रिया नै अघि बढ्न सकेको छैन । ‘प्रचण्ड’ले गत सोमबार उद्घाटन गरेको सम्मेलनबाट सर्वसम्मतबाटै नेतृत्व छान्न भन्दै माओवादीको खुमलटारमा बसेको पदाधिकारी बैठकले निर्वाचन कार्यक्रम रोकेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले वाईसीएल को नेतृत्व सहमतिमै चयन गर्ने निर्णय गरेको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताएका छन् ।

वाईसीएलमा नयाँ नेतृत्वका लागि सयौँ आकांक्षीको होडबाजी छ । त्यहीकारण अहिलेसम्म न चुनाव हुन सकेको छ न त निर्वाचन नै अघि बढेको छ। अध्यक्ष प्रचण्ड सर्वसम्मतिको प्रयास गरे पनि जुट्न सकेको छैन ।

वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले निर्वाचन प्रक्रिया अघि बढ्ने बताए पनि पार्टीले हस्तक्षेप गरेर सर्वसम्मतिको विकल्प रोजेको छ । वाईसीएलमा वर्तमान अध्यक्ष सुबोध सिर्पालीले नदोहोरिने घोषणा गरिसकेका छन्।

अहिले वाईसीएलमा ६१ सदस्यीय पदाधिकारी समिति छ। अध्यक्ष पद खाली हुँदा पदाधिकारीहरू स्वतः नयाँ नेतृत्वका लागि दाबेदार हुन्छन् ।

यो सम्मेलनले एकजना अध्यक्ष, उपाध्यक्षमा एक महिला सहित सातजना, महासचिव एकजना, उपमहासचिव आठजना (समावेशी एक र बाँकी खुला), सचिव १७ (प्रादेशिक प्रतिनिधित्वसहित कम्तीमा दुईजना महिला, एकजना आदिवासी/जनजाति, एकजना दलित, एकजना मधेसी/मुस्लिम/अल्पसंख्यक र बाँकी खुला) र एकजना खुला कोषाध्यक्ष चयन गर्नेछ ।

अध्यक्ष पदमा दर्जनको दौड छ । यसअघि अखिल क्रान्तिकारीमा जस्तै वाईसीएलमा पनि माओवादी नेता विभाजित छन् । अहिले वाईसीएलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुननिकटका रुपमा नेताहरू देखिएका छन् ।

अध्यक्षका लागि उपाध्यक्ष कइरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवहरू नवराज ऐर, गणेश शाही, माधव बस्नेत, प्रेम श्रेष्ठ, ठाकुर सौराग र कर्मा पुलामीले आकांक्षा देखाएका छन् । जसमा कोशीका पुलामी, लुम्बिनीका ओली र कर्णाली कुँवरलाई प्रचण्डनिकट भनिएको छ। यिनैमध्ये एकलाई अध्यक्ष बनाउने तयारी प्रचण्डले गरेका छन् ।

अध्यक्षको दौडमा रहेका प्रेम श्रेष्ठ माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट हुन् । उता नवराज ऐर र गणेश शाही जनार्दननिकट मानिन्छन् । जनार्दनले अखिल क्रान्तिकारीमा जस्तै वाईएसीएलमा पनि चुनाव हुनुपर्ने बताइरहेका छन् । तर खुमलटारले वाईसीएलमा पनि चुनाव छेक्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १२ : ३४ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा