माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे समाजवादी नेता घिमिरे भन्छन्- ओलीले प्रतिशोध साँधे « Khabarhub

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे समाजवादी नेता घिमिरे भन्छन्- ओलीले प्रतिशोध साँधे


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दालाई उक्त पार्टीका एकजना नेताले प्रतिशोध भनेका छन् ।

समाजवादीका केन्द्रीय सदस्य अशेष घिमिरेले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा ओलीको इगो र प्रतिशोधको परिणाम भएको बताएका हुन् ।

‘काण्डैकाण्डले जेलिएका केपी शर्मा ओलीको शासनमा निष्पक्ष छानबिन अपेक्षित छैन’, उनले भनेका छन्, ‘न्यायिक र विश्वसनीय छानबिनका लागि त जो-कोही तयार हुनुपर्छ, हामी छौँ नै । तर, विरोधीहरूलाई समाप्त पार्ने फासिवादी प्रतिशोध किमार्थ मान्य छैन, हुँदैन ।’

घिमिरेले अब यस विषयमा पार्टीमा छलफल हुने पनि जानकारी दिएका छन् । ‘यसको विषयमा पार्टीमा छलफल हुन्छ । केपी शर्माओली भ्रष्टाचारी नहुने, अरू मात्रै भ्रष्टाचारी हुने यस्तो विधिको शासनमा हुँदैन । हामी छानबिनलाई अस्वीकार गर्दैनौँ तर अध्यक्ष नेपालमाथिको मुद्दा प्रतिशोध हो ।’

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ३ : ०७ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले