प्रधानमन्त्रीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको भेट « Khabarhub

प्रधानमन्त्रीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको भेट


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधि मण्डलले भेट गरेको छ । नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरबारे बुझ्न आएको काउन्सिलका प्रतिनिधि मण्डलले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको हो । 

भेटमा मलेसियाको प्याराडाइज्ड ग्रुप कम्पनीका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधि मण्डलले नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृत रुपमा बुझ्न भ्रमणमा आएको जानकारी गराएको थियो । 

जवाफमा प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानुनी र संरचनात्मक सुधारहरू गर्दै आएको बताए । उनले प्रतिनिधि मण्डललाई नेपालमा लगानी गर्न आग्रह गरेको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार प्रतिनिधि मण्डलले नेपालमा फोहोर (प्लास्टिक) प्रशोधन, सूचना प्रविधि उद्यान, पर्यटनलगायतका क्षेत्रमा काम गर्ने उत्सुकता देखाएको छ । भेटमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा र विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे छलफल भएको थियो ।
 
 
 
 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १२ : ३५ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै