प्रधानमन्त्रीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको भेट « Khabarhub

प्रधानमन्त्रीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको भेट


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधि मण्डलले भेट गरेको छ । नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरबारे बुझ्न आएको काउन्सिलका प्रतिनिधि मण्डलले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको हो । 

भेटमा मलेसियाको प्याराडाइज्ड ग्रुप कम्पनीका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधि मण्डलले नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृत रुपमा बुझ्न भ्रमणमा आएको जानकारी गराएको थियो । 

जवाफमा प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानुनी र संरचनात्मक सुधारहरू गर्दै आएको बताए । उनले प्रतिनिधि मण्डललाई नेपालमा लगानी गर्न आग्रह गरेको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार प्रतिनिधि मण्डलले नेपालमा फोहोर (प्लास्टिक) प्रशोधन, सूचना प्रविधि उद्यान, पर्यटनलगायतका क्षेत्रमा काम गर्ने उत्सुकता देखाएको छ । भेटमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा र विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे छलफल भएको थियो ।
 
 
 
 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १२ : ३५ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष