शिव हुमागाईंको गुनासो- मन्त्रीहरूको सत्कारमा १३ लाख खर्च भयो, बाढीपीडितले १३ रुपैयाँ पनि पाएनन् « Khabarhub

शिव हुमागाईंको गुनासो- मन्त्रीहरूको सत्कारमा १३ लाख खर्च भयो, बाढीपीडितले १३ रुपैयाँ पनि पाएनन्


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता शिव हुमागाईंले गत असोजमा आएको बाढी–पहिरोपीडितका लागि काभ्रेपलाञ्चोकका स्थानीय तहले सरकारबाट रकम नपाएको गुनासो गरेका छन् । 

बाढी–पहिरोले पुर्यायको क्षतिको अवलोकनमा गएका संघीय र प्रदेश सरकारका मन्त्रीहरूको सत्कारमा लाखौँ रकम खर्च भए पनि बाढी–पहिरोपीडितको राहतका लागि स्थानीय तहले संघ र प्रदेशबाट बजेट नपाएको उनको भनाइ छ । 

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार नेता हुमागाईंले अवलोकनका लागि पुगेका संघका मन्त्री, प्रदेशका मुख्यमन्त्री र मन्त्रीरूको सत्कारका लागि स्थानीय तहहरूले १३ लाख रुपैयाँ खर्च गरे पनि बाढी–पहिरोपीडितको राहतका लागि १३ रुपैयाँसमेत नपाएको गुनासो गरेका छन् ।  

‘बाढी–पहिरोको अवलोकन गर्न केन्द्रका मन्त्रीहरूदेखि प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको भीडभाड व्यापक थियो । अतिथि सत्कारको विभिन्न तयारी खर्चसहित कुल १३ लाखसम्म खर्च भयो,’ हुमागाईंको भनाइ थियो, ‘तर, दैवी प्रकोप वा बाढीपीडितको शीर्षकमा अहिलेसम्म १३ रूपैयाँ नपाएको स्थानीय तहहरूको गुनासो छ ।’

०८१ असोज १०, ११ र १२ गते गएको अविरल वर्षाका कारण आएको बाढी–पहिरोको कारण काभ्रेपलाञ्चोकमो ठूलो धनजनको क्षति भएको थियो । बाढी–पहिरोबाट अति प्रभावित बेथानचोक, पनौती, रोशी, नमोबुद्ध, तेमाल र चौरीलगायतका स्थानमा पीडितको समस्या अहिले पनि जस्ताको त्यस्तै रहेको नेता हुमागाईँले बताए । 

काभ्रेपलाञ्चोकको अवस्थाका बारेमा सरकार बेखबर देखिएको भन्दै उनले तत्काल विपद् कोष परिचालन गरी बाढी–पहिरो प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणको काम सुरु गर्न सरकारमा रहेका मन्त्रीहरूलाई निर्देशन दिन पार्टीसमक्ष आग्रह गरे ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : ०८ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध