शिव हुमागाईंको गुनासो- मन्त्रीहरूको सत्कारमा १३ लाख खर्च भयो, बाढीपीडितले १३ रुपैयाँ पनि पाएनन् « Khabarhub

शिव हुमागाईंको गुनासो- मन्त्रीहरूको सत्कारमा १३ लाख खर्च भयो, बाढीपीडितले १३ रुपैयाँ पनि पाएनन्


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता शिव हुमागाईंले गत असोजमा आएको बाढी–पहिरोपीडितका लागि काभ्रेपलाञ्चोकका स्थानीय तहले सरकारबाट रकम नपाएको गुनासो गरेका छन् । 

बाढी–पहिरोले पुर्यायको क्षतिको अवलोकनमा गएका संघीय र प्रदेश सरकारका मन्त्रीहरूको सत्कारमा लाखौँ रकम खर्च भए पनि बाढी–पहिरोपीडितको राहतका लागि स्थानीय तहले संघ र प्रदेशबाट बजेट नपाएको उनको भनाइ छ । 

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार नेता हुमागाईंले अवलोकनका लागि पुगेका संघका मन्त्री, प्रदेशका मुख्यमन्त्री र मन्त्रीरूको सत्कारका लागि स्थानीय तहहरूले १३ लाख रुपैयाँ खर्च गरे पनि बाढी–पहिरोपीडितको राहतका लागि १३ रुपैयाँसमेत नपाएको गुनासो गरेका छन् ।  

‘बाढी–पहिरोको अवलोकन गर्न केन्द्रका मन्त्रीहरूदेखि प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको भीडभाड व्यापक थियो । अतिथि सत्कारको विभिन्न तयारी खर्चसहित कुल १३ लाखसम्म खर्च भयो,’ हुमागाईंको भनाइ थियो, ‘तर, दैवी प्रकोप वा बाढीपीडितको शीर्षकमा अहिलेसम्म १३ रूपैयाँ नपाएको स्थानीय तहहरूको गुनासो छ ।’

०८१ असोज १०, ११ र १२ गते गएको अविरल वर्षाका कारण आएको बाढी–पहिरोको कारण काभ्रेपलाञ्चोकमो ठूलो धनजनको क्षति भएको थियो । बाढी–पहिरोबाट अति प्रभावित बेथानचोक, पनौती, रोशी, नमोबुद्ध, तेमाल र चौरीलगायतका स्थानमा पीडितको समस्या अहिले पनि जस्ताको त्यस्तै रहेको नेता हुमागाईँले बताए । 

काभ्रेपलाञ्चोकको अवस्थाका बारेमा सरकार बेखबर देखिएको भन्दै उनले तत्काल विपद् कोष परिचालन गरी बाढी–पहिरो प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणको काम सुरु गर्न सरकारमा रहेका मन्त्रीहरूलाई निर्देशन दिन पार्टीसमक्ष आग्रह गरे ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : ०८ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष