मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार « Khabarhub

मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा पूर्वाधार विस्तार भएको छ । 

अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुन्द्री सतहदेखि चार हजार १०० मिटर उचाइमा रहेको आधार शिविरमा खुला सङ्ग्रहालय स्थापना गरेको हो । 

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । अन्नपूर्ण गाउँपालिकाको रु ६० लाख बजेटबाट उक्त पूर्वाधार निर्माण गरिएको वडा सदस्य श्याम पुर्जाले जानकारी दिए । 

फुटफुटे झरनामा चिया, खाजा पसल सञ्चालनका लागि आश्रयस्थल भवन, शौचालय निर्माण र खानेपानी व्यवस्थापन भएको छ । हुमखोलामा खानेपानी र शौचालय निर्माण भएको छ । गुफाफाँट र आधार शिविरमा एक÷एक वटा शौचालय निर्माण भएका छन् । 

हुमखोलादेखि साधीखर्कसम्मको पदमार्गमा ढुङ्गा बिछ्याउने, अप्ठ्यारो ठाउँको पदमार्गको डिलमा रेलिङ राखिएको वडा सस्दय पुर्जाले जानकारी दिए । आधार शिविरमा हालसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका तीन सय जनाभन्दा आरोहीहरुको नाम उल्लेख गरेको ताम्रपत्र राखेर खुला सङ्ग्रहालय बनाइएको छ । 

सङ्ग्रहालयसँगै अन्नपूर्णका प्रथम आरोही फ्रान्सका नेपाली मौरिज हर्जोग, लुई लचेनल र नेपालका सोनाम वालुङ शेर्पाको सालिक राखिएको छ । पूर्वाधार विस्तार र मर्मतसँगै अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई सहज भएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए। 

मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । 

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । सत्तरी वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै विसं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा मौरिस हर्गोज नामारण र पदमार्ग सञ्चालन गरेको थियो ।

शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोच, फुटफुटे झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ४ : ४२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्