रुसी आक्रमणपछि ट्रम्पले गरे नयाँ प्रतिबन्धको संकेत « Khabarhub

रुसी आक्रमणपछि ट्रम्पले गरे नयाँ प्रतिबन्धको संकेत


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रूसद्वारा हालै गरिएको सबैभन्दा ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा प्रतिबन्धबारे गम्भीर छलफल भएको जानकारी दिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले ट्रम्पसँग वार्ता गरी सुरक्षा सुदृढ गर्न सहमति भएको बताए।

रुसी आक्रमणपछि युक्रेनभर हवाई सायरन बजेको थियो र राजधानी किएभसहितका धेरै स्थानमा विस्फोट सुनिएको थियो । युक्रेनी सुरक्षाकर्मीले ५३९ ड्रोन र ११ मिसाइल मध्ये धेरैलाई नष्ट गरेका थिए । कीएभमा कम्तीमा २६ जना नागरिक घाइते भएका छन् ।

पोल्यान्डको किएभस्थित दूतावासमा समेत क्षति पुगेको छ, यद्यपि कर्मचारीहरू सुरक्षित छन् ।

रुसले आफ्नो उद्देश्यहरू शान्तिपूर्ण तरिकाबाट हासिल गर्न चाहेको बताएको छ । यद्यपि, आवश्यक परे ‘विशेष सैनिक अभियान’ जारी राख्ने जनाएको छ ।

त्यसैदिन, युक्रेन र रूसबीच बन्दी साटासाट पनि गरिएको छ, जुन अघिल्लो वार्ताको निरन्तरता हो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ४ : ५४ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष