सय जनामध्ये ९० जनामा सकारात्मक सोच नै छैन : शेखर कोइराला  « Khabarhub

सय जनामध्ये ९० जनामा सकारात्मक सोच नै छैन : शेखर कोइराला 


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सय जनामध्ये ९० जनामा सकारात्मक सोच नै नरहेको टिप्पणी गरेका छन् ।

शनिबार राष्ट्रिय सभा गृहमा आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फाउन्डेसन’ विषयक गोष्ठीमा उनले यस्तो टिप्पणी गरेका हुन् । पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको जन्मोत्सवको अवसरमा जय नेपाल फाउन्डेसनले उक्त गोष्ठी आयोजना गरेको थियो । 

‘सकारात्मक सोच र जय नेपाल फाउन्डेसन जुन भनिएको छ, सकारात्मक सोचलाई कसरी लिनुभएको छ तपाईंहरूले ?,’ नेता कोइरालाले प्रश्न गर्दै भने, ‘केलाई सकारात्मक सोच भन्ने? म त दिनको सय जना त भेटिरहेको हुन्छु, ८०–९० जनामा म सकारात्मक देख्दैन ।’ 

उनले युवालाई आशावादी हुन आग्रह गर्दै केही गर्छु भन्ने सोच राख्न पनि आग्रह गरे ।

 ‘आशावादी नै हुनुहुन्न तपाईंहरू, आशावादी हुनुस्,’ नेता कोइरालाले भने, ‘केही गर्न सकिँदैन भन्ने होइन, अब मैले के गर्ने भन्ने कुरा सोच्नु प¥यो तपाईंहरूले ।’

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ५ : ०७ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष