कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु « Khabarhub

कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

कराँची– पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । शनिबार अपरान्ह भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् । कराँचीको लियारीस्थित बग्दादी क्षेत्रमा छ तले आवासीय भवन भत्किँदा उक्त विध्वंसकारी घटना भएको हो ।

उद्धार अधिकारीहरूले पाँच महिलासहित नौ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको बताएका छन्।

कराँचीका नगरप्रमुख ब्यारिस्टर मुर्तजा बहावले करिब २० जना मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको र अझै पुरिएकाहरूको उद्धार कार्य जारी रहेको बताएका छन् । 

कराँचीका मेयर मुर्तजा बहावले भग्नावशेषबाट १९ जनालाई उद्धार गरिएको पुष्टि गरे। 

आठ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नगरप्रमुख मुर्तजा बहावले जानकारी दिए। घाइतेमध्ये छ जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जना घाइतेको एसएमबीबी ट्रमा सेन्टरमा उपचार भइरहेको एआरवाई न्यूजले जनाएको छ ।

नगर प्रमुखले भने, उद्धार कार्य अझै जारी छ । टोलीहरू अरू कोही पनि भग्नावशेषमा नफसेका सुनिश्चित नहुँदासम्म काम गरिरहने छन् । 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ६ : ३० बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष